Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किशोर र सञ्चिताको एक्सन प्याक्ड ‘शिवा’ ट्रेलर (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/09/03
अभिनेता किशोर खतिवडा र अभिनेत्री सञ्चिता लुईंटेलको प्रमुख भूमिका रहेको फिल्म ‘शिवा’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री सञ्चिता फिल्ममा पत्रकारको भूमिकामा रहेको प्रस्ट्याइएको छ । किशोर टाइटल क्यारेक्टरमा छन् । 
 
 
प्रेम र एक्सनका दृश्य समेटिएको ट्रेलरमा शिवाको भूमिकामा रहेका किशोरले आफ्नो गाउँ बचाउन गरेको संघर्ष देखाइएको छ । मंसिर २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मलाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । ज्याक श्रेष्ठले फिल्मको निर्माण गरेका हुन् । 
 
किशोर सञ्चितासँगै फिल्ममा ज्याक श्रेष्ठ, निरज महर्जन, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराजलगायतका कलाकारहरुको अभिनय पनि रहेको छ । कमल राई र लिगेश भट्टराईको फिल्मका गीतमा कोरियोग्राफी छ । सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको फिल्मलाई विरेन्द्र भट्टले खिचेका हुन् । भने, राजु ढुंगानाले सम्पादन गरेका छन् । 
 
निर्देशक घिमिरेले फिल्म पारिवारिक प्रेमकथामा आधारित भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे । निर्माता तथा कलाकार ज्याकले फिल्मले उठाएको विषयवस्तु गम्भीर रहेको र गम्भीर रुपमै प्रस्तुत गरिएको बताए । यो फिल्ममा राजमी लामिछानेलेको ब्याकग्राउन्ड म्यूजिक छ । सुनिरा तम फिल्मकी कार्यकारी निर्माता हुन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)