Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ड्रीम गर्ल’ बन्यो आयुष्मानको सबैभन्दा ठूलो ओपनर

एजेन्सी, मुम्बई, 2019/09/14
 
बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म ‘ड्रीम गर्ल’ लाई क्रिटिक्सबाट निकै राम्रो रिभ्यू र रेटिङ मिलेको छ । यसको सिधा असर फिल्मको पहिलो दिनको बक्सअफिस कलेक्सनमा परेको छ । राज शान्डिल्य निर्देशित फिल्मले ओपनिङ डेमा सानदार प्रदर्शन गरेको छ । यो फिल्म आयुष्मानको सबैभन्दा ठूलो ओपनर बनेको छ । 
 
उनको अहिलेसम्म प्रदर्शन भएका फिल्ममध्ये ‘ड्रीम गर्ल’ ले पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने रेकर्ड आफ्नो नाम गरेको छ । यो फिल्मले पहिलो दिन बक्सअफिसमा सानदार प्रदर्शन गर्दै १० करोडभन्दा पनि बढीको व्यापार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाईको आँकडा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । 
 
यो फिल्मले पहिलो दिन भारतीय बजारमा १० करोड ५ लाख कमाउँदै धमाकेदार ओपनिङ गरेको छ । यसअघि आयुष्मानको सबैभन्दा ठूलो ओपनर गत वर्ष प्रदर्शनमा आएको फिल्म 'बधाई हो' थियो । यसले पहिलो दिन ७ करोड ३५ लाखको व्यापार गरेको थियो । पहिलो दिन नै १० करोडको व्यापार गर्ने आयुष्मानको ‘ड्रीम गर्ल’ पहिलो फिल्म हो । 
 
आयुष्मानको यो फिल्म बलिउडको मिड बजेटमा बनेको फिल्ममध्ये सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ ।  यो लिस्टमा दोस्रो फिल्म विक्की कौशलको 'उरी : द सर्जिकल स्ट्राइक' छ, जसले पहिलो दिन ८ करोड २० लाख कमाएको थियो । त्यस्तै, ८ करोड १ लाख कमाउँदै तेस्रो नम्बरमा कार्तिक आर्यनको फिल्म 'लुका छुपी' छ । 
Most Visited News (monthly)