Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सामाजिक कुरिती विरुद्ध ‘पायल’

फिल्मीखबर, काठमाण्डौ, 2019/09/24
 
दिनेश लिङ्देनको कथा र निर्देशनमा निर्माण भएको फिल्म ‘पायल’ को पोस्टर सार्वजनिक भएको छ । मंसिर अन्तिममा प्रदर्शन गर्ने तयारी गरिएको यो फिल्म सामाजिक कुरिती विरुद्ध सामाजिक तथा पारिवारिक कथासँगै नारी संवेदनशिलतामा तयार पारिएको बताइएको छ । 
 
फिल्ममा रीया श्रेष्ठ, ध्रुव न्यौपाने, भिम थेबे, राजकुमार लिङ्देन, उदय सुब्बा, यासेली योङहाङ, बबिता नेयोङहाङ, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, सागर केरुङ, रामकृष्ण नेउपाने, अर्मान खान, देव नेपाल, कुइसाङ रुम्बा, विश्व मुखिया, प्रेम आलेलगायतका कलाकारको अभिनय रहेको छ ।
 
फिल्ममा टिका भण्डारी र विकास चौधरीको संगीत, कुमार महर्जनको द्वन्द्व, ज्ञानु राईको छायांकन रहेको फिल्ममा दिनेश माङमुको नृत्य छ । भीम थेबेको प्रस्तुती र आर पि दाहाल सह–निर्माता रहेको फिल्मकी निर्मात्री कविता राई लिङ्देन हुन् । फिल्म उत्कृष्ट बनेको निर्माण टिमको दाबी छ । 
Most Visited News (monthly)