Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9517 - 9522 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2019-07-31, बुधवार

फिल्म 'होस्टेल रिर्टन्स' बाट डेब्यू गरेका अभिनेता हुन्, सुशील श्रेष्ठ । चकलेटी लुक्स, लोभलाग्दो हाइट र सुंगठित शरीरका कारण उनलाई डेब्यू फिल्म रिलिज अगावै सम्भावना बोकेको अभिनेताको रुपमा हेरिएको थियो । तर, फिल्म रिलिज भएपछि उनीमाथिको अपेक्षा अधुरै रह्यो । कारण, उनको अभिनय टिठलाग्दो थियो । फलतः उनको डेब्यू फिल्म पनि बक्सअफिसमा चिप्लियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-31, बुधवार

‘प्वाक्क मुखामा हान्नु जस्तो’ थेगोले आम दर्शकमाझ चिनिएका हास्यकलाकार शिवहरी पौडेलले ‘लक्का जवान’ बाट फिचर फिल्म निर्देशनमा हात हाल्दैछन् । यसअघि केही हास्यटेलिसिरियल निर्देशन गरेका उनले निर्देशन गर्ने फिल्मको बुधबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । भदौपछि छायांकन सुरु हुने फिल्मको प्रस्तुतकर्तामा ध्रुव पन्त छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-07-31, बुधवार

विदेशी फिल्म भनेपछि नेपाली फिल्मको सात्तो जान्छ । यो रोग वर्षौ अघिदेखिको हो । विदेशी फिल्मको बढ्दो दबदबाका कारण नेपाली फिल्म आफ्नै देशमा डरले बाँच्नु परेको छ । बलिउड र हलिउड फिल्मको रिलिज क्यालेन्डर हेरेर मात्र नेपाली फिल्म प्रदर्शन गर्नुपर्ने अवस्था छ । प्रतिक्षीत विदेशी फिल्मसँग भिड्नु भनेको 'बाघको मुखमा हात हाल्नु सरह' भन्ने गरिन्छ । यसअघि थुप्रै फिल्मले सिकाएको पाठ हो यो । 

एजेन्सी, मुम्बई, 2019-07-31, बुधवार

बलिउड सुपरस्टार गोविन्दाले हलिउडको ब्लकबस्टर फिल्म ‘अवतार’ आफूलाई अफर भएको खुलासा गरेका छन् । तर, उनले यो फिल्म गरेनन् । उनको यो खुलासाले बलिउड तताएको छ । उनले आफूले नै निर्देशकलाई फिल्मको नाम सुझाएको पनि बताएका छन् । हालै टिभी शो ‘आपकी अदालत’ मा पुगेका गोविन्दाले हलिउड फिल्म ‘अवतार’ नगर्नुको कारण खुलाए । 

फिल्मीखबर, काठमाडौं, 2019-07-30, मंगलवार

नजिकिँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा जावलाखेलमा आयोजना हुन लागेको ‘तिज माइती मेला तथा सम्मान २०७६’ कार्यक्रममा फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई सम्मान गरिने भएको छ । दुईलाई ‘आर्दश जोडी सम्मान २०७६’ बाट सम्मान गर्न लागिएको हो ।

Results : 9517 - 9522 of 24024
Most Visited News (monthly)