
हरेक हप्ताको शुक्रबार एकभन्दा बढी फिल्म प्रदर्शनमा आइरहेका छन् । तर, यस वर्षको साउन दोस्रो हप्तासम्म 'जात्रै जात्रा' र 'दाल भात तरकारी' बाहेक कुन फिल्मले लगानी उठाउन सकेका छैनन् । निर्माताको करोडौंको लगानी पानीमा बगिरहेको छ । चलेका कलाकारका फिल्मले समेत हलमा दर्शक तान्न नसकेको अवस्था छ । तर, फिल्म नचले पनि निर्माण र प्रदर्शनमा भने कमी आएको छैन । हरेक हप्ताको शुक्रबार फिल्म भिडेका भिड्यै छन् ।

राष्ट्रिय अवार्डमा फिल्म बुलबुलबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी भर्सटायल अभिनेत्री स्वस्तिमा खड्का र फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतलाई आदर्श जोडीको रुपमा सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने 'तीज माइती मेला २०७६' को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै दुईलाई सम्मान गरिएको छ ।

फिल्म इन्डस्ट्रीमा अहिले अक्षय कुमार 'मोस्ट सक्सेसफुल एक्टर्स' को लिस्टमा अग्रणी स्थानमा छन् । उनको वर्षमा दुईभन्दा बढी फिल्म रिलिज गरेका छन् र सबैले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै आएका छन् । ब्याक टू ब्याक ब्लकबस्टर फिल्म दिएका उनी बलिउडका सबैभन्दा महँगा अभिनेता समेत हुन् । पछिल्लो फिल्मको सफलतापछि उनले पारिश्रमिक बढाएको चर्चा छ ।

चौधरी ग्रुपसँग सहकार्य गरेर अभिनेत्री ऋचा शर्माले करीब ७ वर्ष अगाडि निर्माण गरेको फिल्म ‘भिसा गर्ल’ को सिक्वेल निर्माण हुन लागेको चर्चा केही दिनयता फिल्मवृतमा छ । चौधरी ग्रुपले यसको सिक्वेलको तयारी गरिरहेको खबर हालसालै बाहिरिएको थियो । तर, यसलाई अभिनेत्री ऋचाले हल्ला मात्र रहेको बताएकी छिन् ।

अभिनेत्री मिरुना मगरको सुन्दरता र मिठो मुस्कानको जो कोही प्रशंसक छन् । उनको अभिनय रुचाउने दर्शक पनि विस्तारै बढिरहेका छन् । लण्डन रैथाने उनले दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'लालपूर्जा' बाट डेब्यू गरेकी थिइन् । फिल्ममा उनी अभिनेता सौगात मल्लको अपोजिटमा थिइन् । रिलिजपूर्व फिल्मको चर्चा राम्रो भएता पनि हलमा व्यापार गतिलो गर्न सकेन । न त उनको अभिनयको प्रशंसा भयो ।


