Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सामाजिक कार्यमा ‘रातो टिका निधारमा’ टिम

फिल्मीखबर, काठमाण्डौ, 2019/09/25
शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्म मध्येको एक ‘रातो टिका निधारमा’ टिमले सामाजिक कार्य गर्दै सकारात्मक सन्देश प्रवाह गरेको छ । प्रायः फिल्म रिलिजको संघारमा रहँदा निर्माण टिमले प्रचार-प्रसारलाई विशेष प्राथमिकता दिने गर्दछ । कमै फिल्मले त्यसबेला समाज सेवा गर्ने गरेका छन् । उक्त फिल्मले भने प्रचार-प्रचारसँगै सामाजिक कार्य पनि एकसाथ गरेको छ । 
 
 
 
मंगलबार दिउँसो ‘रातो टिका निधारमा’ टिमले गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनमा आश्रित दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई रातो टिका र जमरा लगाएर दशैं मनायो । साथै, उपहार स्वरुप नयाँ कपडा पनि प्रदान गरिएको थियो । फिल्मका अभिनेता अंकित शर्मा, अभिनेत्री साम्राज्ञी आरएल शाह, कलाकार रविन्द्र झा र निर्देशक अशोक शर्मासँग दशैं मनाउन पाउँदा अशक्त बालबालिकाको अनुहारमा खुसीको भाव देखिन्थ्यो । 
 
वेमेन्स रूम्स रिलोटेड (WRR) को सहकार्यमा ‘रातो टिका निधारमा’ टिमले त्रिनेत्र फाउन्डेसनलाई सहयोग गरेको थियो । पहिलो पटक सामाजिक कार्यमा सहभागी हुन पाउँदा अभिनेत्री साम्राज्ञी भावुक देखिइन् । उनले भने, ‘मैले अहिलेसम्म यस्तो खालको सहयोग गरेकी थिइनँ। पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाको निमित्त सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ ।’
 
उनी भविष्यमा तन-मन लगाएर सामाज सेवा गर्ने योजनामा छिन् । त्यस्तै, अभिनेता अंकित सामाजिक कार्यमा सहभागी हुन पाउँदा बेग्लै आनन्द महशुस हुने बताउँछन् । ‘रातो टिका निधारमा’ मा अभिनयमा डेब्यू गर्न लागेका उनले दृष्टिविहिन र अनाथ बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताए । निर्देशक शर्माले आफूले सधैं सामाजिक कार्य गर्ने गरेको बताए । 
 
 
 
कलाकार रविन्द्र झाले पनि सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुसी देखिए । उनी आफ्नो सानो सहयोगको कसैको जीवनमा ठुलो खुसी ल्याउन सक्ने बताउँछन् । ‘यसपटकको दशैँ ‘रातो टिका निधारमा’ विशेष हुनेछ । हामीले सम्पूर्ण नेपालीको कथा बोकेर आएका छौँ । आशा छ, हाम्रो फिल्मले सबैलाई समेट्ने छ,’ झाले भने । किरण शर्मा र कृति शर्मा फिल्मको निर्माण गरेका हुन् । 
Most Visited News (monthly)