Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 4.89/5.00)
Text size:-
+
-

शितल केसीको ‘सम्हाली राख है’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2019/09/25
 
अभिनेता राजेश हमालसँग दुरुस्त अनुहार मिल्ने अभिनेता शितल केसी स्टारर फिल्म ‘सम्हाली राख है’ को प्रदर्शन मिति घोषणा गरिएको छ । वितरकसँगको लामो छलफलपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति आउँदो कात्तिक २९ गतेलाई तय गरेको छ । यो मितिमा यसअघि नै 'माछा माछा' र 'मिस्टर नेपाली' छन् । 
 
आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा शितलसँगै अर्जुन कुवँर, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की लगायत कलाकारको अभिनय रहेको छ । अहिले फिल्मको पोष्ट प्रोडक्सनको काम अन्तिम चरणमा छ । तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा फिल्म बनेको हो । 
 
शंकर कार्कीको प्रस्तुति रहेको फिल्मलाई हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह-निर्माता रहेको फिल्ममा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ । 
 
शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् । निर्देशक मोक्तानकै पटकथा तथा संवाद रहेको फिल्ममा काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक दृश्य समेटिएका छन् । फिल्म सबै नेपालील हेर्नुपर्ने बनेको निर्देशक मोक्तानले बताए ।
Most Visited News (monthly)