Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेम परियारले गाए ‘पोइ पर्‍यो काले’ को गीत

फिल्मीखबर, काठमाण्डौ, 2019/09/24
विकासराज आचार्य निर्देशित फिल्म ‘नाई नभन्नु ल २’ मा समावेश चर्चित गीत ‘मर्ने कसैलाई रहर हुँदैन’ ले गायक प्रेम परियारलाई नसोचेको लोकप्रियता दिलायो । यो गीतपछि उनको लोकप्रियता ‘क्यास’ गर्न फिल्मका निर्माताबीच ठूलो घम्साघम्सी भयो । तर, विस्तारै स्वरमा परिवर्तन आउन थालेपछि उनी स्वयंले गीत गाउन कम गरे । केही समयदेखि उनले गीत गाएका छैनन् । 
 
यसबीच, उनले आउँदो कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पोइ पर्‍यो काले’ को गीत ‘मायाले मलाई’ मा स्वर दिएका छन् । यो गीतको मंगलबार रेकर्डिङ गरिएको छ । गायक परियारले पढाईका कारण र स्वर बदलिएका कारण आफूले केही समय फिल्मको गीतमा आवाज नदिएको बताए । उनले यो गीतको शब्द मन परेकाले गाएको बताए । 
 
 
उनले ‘पोइ पर्‍यो काले’ को गीत गाउन सहर्ष स्वीकार गर्नुको पछाडि निर्देशक शिशिर राणा हुन् । उनले नै मलेखुको सडकमा गीत गाउँदै माग्दै हिँडिरहेको बखत प्रेमको गायन प्रतिभाबाट प्रभावित भएर काठमाडौं ल्याएका थिए । र, संगीतकार बसन्त सापकोटालाई भेटाएका थिए । आफ्नो जीवनमा भाग्य विधाता बनेर आएका कारण निर्देशक राणाको वचन प्रेमले टार्न सक्दैनन् । 
 
गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको बताउँदै प्रेमले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए । रघु परियारको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । यो गीतमा फिल्मका मुख्य दुई कलाकार नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । फिल्मका लेखक तथा निर्देशक शिशिर स्वयं हुन् । 
 
फिल्ममा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको पनि मुख्य भूमिका छ । कमेडी जनरामा निर्माण भएको यो फिल्मले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्नेछ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको यस फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मका निर्मातामा दिपक मनाङ्गे (राजिव गुरुङ) सरोज नेपाली, अमलादेवी राई र देव तामाङ रहेका छन् ।
Most Visited News (monthly)