Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.60/5.00)
Text size:-
+
-

‘चपली गर्ल’ विनिता आमा बन्दै

फिल्मीखबर, काठमाण्डौ, 2019/09/26
दशैंको छेकोमा अभिनेत्री विनिता बरालले आफ्ना शुभचिन्तकमाझ खुसीको खबर साटेकी छन् । गएको ४ महिना अगाडि प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेकी उनले बिहीबार बिहान फेसबुकमा एक तस्बिर साझेदार गर्दै आफू गर्भवती रहेको जानकारी दिएकी छन् । तस्बिरमा उनले आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् । 
 
 
उनले आफ्नो गर्भमा ‘लिटिल विनिता’ रहेको भन्दै भन्दै खुसी व्यक्त गरेकी छन् । ‘बेबी बम्प’ देखाएको तस्बिरमा उनलाई निकै खुसी मुद्रामा देख्न सकिन्छ । आफू गर्भवती रहेको खुलासा गरेसँगै अहिले उनलाई सामाजिक सञ्जालमा शुभचिन्तक, आफन्त र फिल्मकर्मीबाट बधाईको ओहिरो लागेको छ । अरुणिमा लम्साल, यूना उप्रेतीलगायतले उनलाई फेसबुकमा बधाई दिएका छन् । 
 
गएको ५ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि नेपाली फिल्ममा उनको राम्रो डिमान्ड थियो । तर, संख्यात्मक अभिनयमा जोड दिँदा उनले छोटो समयमै आफ्नो स्टारडम गुमाइन् । एकपछि अर्को फिल्म फ्लप हुन थालेपछि उनले केही वर्ष टोखामा तरकारी खेती समेत गरेकी थिइन् । 
 

तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन । त्यसपछि अध्ययनका लागि भन्दै केही वर्ष अगाडि अमेरिका हानिएकी उनले पुनः नेपाल फर्किएर फिल्म गरेकी छैनन् । उनी अमेरिकाको ओहायो राज्यमा वैकल्पिक ऊर्जामा पिएचडीरत तिलक पौडेलको प्रेममा अमेरिका पुगेको केही महिनामै चुर्लुम्म डुबेकी थिइन् । तिलकको नेपाल घर स्याङजा हो । दुई ट्विटरमार्फत् एकअर्कासँग जोडिएका थिए । 
Most Visited News (monthly)