निर्माण भएको लामो समयपछि आउँदो कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता सुशील श्रेष्ठ स्टारर फिल्म ‘बादशाह जुट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडी र एक्सनले भरिएको छ । फिल्मले आफूलाई बादशाह सम्झने दुई युवकको कथा भन्ने ट्रेलरले प्रस्ट्याउँछ ।

फिल्ममा अभिनेता सुशील पत्रकारको भूमिकामा छन्, जो चर्चित सञ्चारकर्मी रवि लामिछानेजस्तो नेम र फेम कमाउन चाहन्छ । तर, आफू कार्यरत मिडिया हाउसको मालिकले उसको कुनै कामलाई प्रशंसा र प्रोत्साहन गर्दैन । ऊ आफूलाई भने बादशाह सम्झन्छ । आफूलाई बादशाह सम्झने अर्का पात्र हुन्, आमिर गौतम । ऊ हवल्दार भए पनि आफूलाई ठूलो अफिसर ठान्छ ।
जोनी सिंह राणा निर्देशित यो फिल्मको मूलकथा यी दुई पात्रले गर्ने संघर्षमा आधारित रहेको छ । फिल्ममा आफूले निभाएको भूमिकाबारे सुशील भन्छन्, ‘मैले यसअघि यसप्रकारको भूमिका गरेको थिइनँ । मलाई कसैले यस्तो भूमिकामा पत्याउनु पनि भएको थिएन । ‘बादशाह जुट’ मा मैले निभाएको क्यारेक्टर रवि लामिछानेको ठूलो फ्यान हो । उहाँजस्तै नेम र फेम कमाउन चाहन्छ ।’
फिल्ममा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । भने, अतिथी भूमिकामा प्रियंका कार्की छिन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।
ट्रेलर हेर्नुहोस् :-
..........................................................................................................................
विज्ञापन ::

