Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सरौतो’ मा भिटेनको र्‍याप (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/11/09
 
‘हामी यस्तै त हो नि ब्रो’ बोलको र्‍याप गीतका कारण चर्चामा रहेका चर्चित र्‍यापर समिर घिसिङ ‘भिटेन’ ले पहिलो पटक नेपाली फिल्मको लागि गीत गाएका छन् । आउँदो मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौतो’ को प्रमोशनल र्‍याप गीतमा उनले आवाज भरेका छन् । बिहीबार साँझ युट्युबमा सार्वजनिक गरिएको गीतको भिडियोमा भिटेन स्वयं फिचर्ड छन् । 
 
फिल्मका प्रमुख कलाकारहरु सुमी मोक्तान र विजय लामा पनि प्रस्तुत गीतमा भिटेन स्वयंको शब्द तथा संगीत छ । गीतले ‘अन्यायको डटेर प्रतिबाद गर्नुपर्छ’ भन्ने भाव बोकेको छ । इन्टरनेट रिलिजसँगै भाइरल भएको यो गीतले फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । फिल्मको थिमअनुसार गीत तयार पारिएको निर्देशक हरि हुमागाईंले बताए । 
 
उत्तम हुमागाईंले खिचेको ‘सरौतो’ मा सुमी र विजयका अलावा सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंको यो डेब्यू निर्देशित फिल्म हो ।
 
बदलाको कथामा निर्माण भएको फिल्ममा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि धेरैले उनलाई एक्सनमा सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेरेका छन् । उनले यही फिल्मबाट लिड रोलमा डेब्यू गरेकी हुन् । निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको फिल्ममा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)