Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सरौतो’ का लागि डेढ वर्ष मार्सल आर्ट सिकेँ : सुमी

फिल्मीखबर, काठमाडौं, 2019/11/27
यही शुक्रबार (मंसिर १३) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्म ‘सरौतो’ मा अभिनेत्री सुमी मोक्तान प्रमुख भूमिकामा छिन् । सन् २०१२ की ‘मिस तामाङ’ समेत रहेकी उनले यसअघि ‘झ्यानाकुटी’, ‘दुई रुपैयाँ’ लगायतका केही फिल्ममा केमियो भूमिकामा काम गरे पनि लिड रोलमा ब्रेक पाएको यो पहिलो फिल्म हो । 
 
अमेरिकामा मनोविज्ञान विषय पढेर नेपाल फर्किएकी सुमीले हरि हुमागाईं निर्देशित फिल्म ‘सरौतो’ मा फरक क्षमता भएको महिलाको भूमिका निभाएकी छन् । फिल्ममा उनले बोलेको संवाद सुन्न पाइने छैन । उनले सांकेतिक भाषाको माध्यमबाट संवाद बोलेकी छन् । यसकारण पनि यो फिल्ममा निर्वाहा गरेको भूमिका उनका लागि चुनौतीपूर्ण थियो । 
 
 
उक्त फिल्मले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउनेमा उनी विश्वस्त छन् । ‘सरौतो’ मा एक्सन अवतारमा प्रस्तुत भएकी उनले यसका लागि आफूले निकै मेहेनत गरेको बताउँछिन् । उनी भन्छन्, ‘मैले दुई वर्ष यही फिल्मका लागि खर्चिएको छु । एक्सनमा आफूलाई तयार पार्न डेढ वर्ष मार्सल आर्टको तालिम लिएँ । सात महिनासम्म सांकेतिक भाषा पनि सिकेको थिएँ ।’
 
यस फिल्मका लागि दुई वर्ष खर्चिँदा आफूले थुप्रै प्रोजेक्ट गुमाउनु परेको उनी सुनाउँछिन् । थोरै फिल्म गर्ने तर फिल्म क्षेत्रमा एक प्रकारको छाप छाड्ने दृढ संकल्प बोकेकी सुमी ‘सरौतो’ मा आफ्नो अभिनय र भूमिकालाई दर्शकले रुचाउनेमा विश्वस्त छिन् । फिल्ममा उनले अभिनेता सन्नी सिंहसँग रोमान्स गरेकी छन् । उनको पिताको भूमिकामा कलाकार विजय लामा छन् । 
 
लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाहलगायतका कलाकारहरुको पनि अभिनय रहेको यो फिल्म बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको हो । बदलाको कथामा निर्मित फिल्मको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । उत्तम हुमागाईंले फिल्म खिचेका हुन् । 
Most Visited News (monthly)