Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षासँग अमेरिका उडे अनमोल, तर किन ?

फिल्मीखबर, काठमाण्डौ, 2019/11/27
आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ मा फिल्म ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड जितेका अनमोल केसी र फिल्म ‘गोपी’ बाट सह-अभिनेत्रीको अवार्ड हात पारेकी अभिनेत्री वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरु जापानबाट सिधै अमेरिका उडेका हुन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन् । 
 
वर्षाले जापानको विमानस्थालमा अनमोलसँग बसेको एक तस्विर इन्स्टाग्राम स्टोरीमा साझेदार गरेकी छन् । तस्विरमा दुबै खुसी मुद्रामा देखिएका छन् । अनमोल यसअघि पनि यो अवार्डमा सहभागी हुनका लागि अमेरिका पुगेका थिए । वर्षाले भने पहिलो पटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागिता जनाउँदैछिन् । अमेरिकामा बर्कली शहरमा अवस्थित युसी थिएटरमा अवार्ड हुँदैछ ।
 
 
अवार्ड आफूले पाउने निश्चित भएपछि मात्र कार्यक्रममा पुग्ने गरेका अनमोलले अमेरिकामा हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ पनि ‘क्याप्टेन’ वा ‘ए मेरो हजुर ३’ मध्ये एक फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड पाउने अड्कलबाजी सुरु भएको छ । ‘सूर्य इन्टरनेशल अवार्ड’ का लागि जापान उड्दै गर्दा धेरैले अभिनेता विधाको अवार्ड अनमोलले पाउने ठोकुवै गरेका थिए । भयो पनि त्यस्तै । 
 
तर, १५ सय सिट क्षमताको कार्यक्रम हलमा सय जना दर्शक पनि उपस्थिति नभएपछि अवार्डलाई लिएर अहिले सामाजिक सञ्जालदेखि चिया पसलसम्म बहसको विषय बनेको छ । कतिपयले नेपाली कलाकारले अवार्डको लोभमा आफ्नो धरातल विर्सिएको आरोप लगाएका छन् । जापानमा खाली कुर्सीको अगाडि अवार्ड थापेका अनमोल र वर्षाले अमेरिकामा चाहिँ दर्शकको कस्तो साथ पाउने हुन् ? हेर्न बाँकी छ ।
 
अनमोल र वर्षासँगै अभिनेता भुवन केसी पनि अवार्डमा सहभागी हुन जापानबाटै अमेरिका उडेका छन् । अवार्डमा भाग लिनका लागि नेपालबाट निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईं पनि अमेरिका उडिसकेका छन् । राजेश हमाल, शिव श्रेष्ठ, नीर शाह, नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, सन्ध्या केसी पनि अवार्डमा सहभागी हुनका लागि अमेरिकामा जाने बताइएको छ । 
Most Visited News (monthly)