Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(20 votes, avg 4.65/5.00)
Text size:-
+
-

अमेरिकामा अनमोल र नम्रताको ‘ह्याप्पी फेश’

फिल्मीखबर, काठमाण्डौ, 2019/11/29
 
अभिनेतामा अहिलेका हटकेक अनमोल केसी अहिले विदेश भ्रमणमा छन् । आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा सहभागी हुनका लागि त्यसतर्फ उडेका उनी मंगलबार पिता भुवन केसीसँग अमेरिका पुगेका छन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागीता जनाउनका लागि उनी जापानबाट सिधै अमेरिका गएका हुन् । 
 
अवार्ड आफूले पाउने निश्चित भएपछि मात्र कार्यक्रममा पुग्ने उनले अमेरिकामा पनि उत्कृष्ट अभिनेताको विधामा अवार्ड पाउने कतिपयको ठोकुवा छ । जापानमा उनले ‘क्याप्टेन’ बाट पपलुर अभिनेताको अवार्ड चुमेका थिए । तर, अवार्ड समारोहमा दर्शकको न्यून उपस्थिति भएका कारण उनले अवार्ड पाउँदा चर्चाभन्दा बढी आलोचना भयो । अनमोल भने अवार्ड पाएकोमा दंग छन् । 
 
अमेरिका ओर्लिएसँगै अहिले उनी घुमघाममा व्यस्त छन् । अवार्डकै लागि अमेरिका पुगेकी अभिनेत्री नम्रता श्रेष्ठले बिहीबार साँझ अनमोलसँग अमेरिकाको बर्कली मरिनामा घुम्दै गरेको एक तस्विर इन्स्टाग्राममा साझेदार गरेकी छन् । ‘ह्याप्पी फेश’ भन्दै क्याप्सनमा उनले अनमोलप्रति प्रेम दर्शाउँदै लेखेकी छन्, ‘टेक केयर । धेरै माया ।’ तस्विरमा दुबै खुसी मुद्रामा देखिएका छन् । 
 
अनमोलको फेभरेट अभिनेत्री हुन्, नम्रता श्रेष्ठ । उनी नम्रताको आफूलाई हरेक कुरा मनपर्ने बताउँछन् । गत वर्ष अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ हेर्न नम्रता हल पुगेकी थिइन् । त्यसबेला अनमोलले नम्रतासँग आफ्नो परिवार र फिल्मबारे सबै कुरा हुने बताएका थिए । नम्रताले पनि हरेक कुरालाई सकारात्मक रुपमा लिने बानी अनमोलको सबैभन्दा राम्रो रहेको बताएकी थिइन् । 
Most Visited News (monthly)