Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

अमेरिकाका लागि २५ लाखमा बिक्यो ‘पोइ पर्‍यो काले’

फिल्मीखबर, काठमाण्डौ, 2019/11/29
अहिले नेपाली निर्माताले लगानी उठाउन घरेलु बजारको मात्र भर पर्नुपर्ने अवस्था छैन । फिल्म राम्रो बने ओभरसिज राइट्सबाट पनि निकै राम्रो मुल्य हात पार्न सकिन्छ । आजभोली गिनेचुनेका ब्यानर र ठूला स्टारका फिल्म प्रायः निर्माण अगावै विदेशमा बिक्री हुन्छन् । केही फिल्म भने नेपाल प्रदर्शनपछि व्यापार र दर्शक प्रतिक्रियाको आधारमा विदेशमा बिक्री हुने गरेका छन् ।
 
 
यसबीच, कात्तिक ८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पोइ पर्‍यो काले’ को अमेरिका राइट्स महँगो मुल्यमा बिक्री भएको छ । हाल छैठौं हप्तामा प्रदर्शनरत यो फिल्मको आत्रेय प्रोडक्सनका सुदीप आत्रेय र किरण घिमिरे (माइकल) ले २५ लाखमा अमेरिका राइट्स खरिद गरेका छन् । शुक्रबार निर्माता किरण नेपालले आत्रेय प्रोडक्सनलाई फिल्मको अमेरिका राइट्स बिक्री गरेका हुन् । 
 
अमेरिकामा ठूलो माग भएका कारण फिल्मको प्रदर्शन अधिकार खरिद गरेको वितरक घिमिरेले बताए । त्यस्तै, निर्माता नेपालीले ‘पोइ पर्‍यो काले’ को अहिले विदेशमा निकै राम्रो माग रहेको भन्दै खुसी व्यक्त गरे । राम्रो फिल्म बनाएको खण्डमा लगानी उठाउन गाह्रो नहुने उनको भनाई छ । घरेलु बजारबाटै आफ्नो लगानी सुरक्षित भएको बताउँदै उनले चाँडै नयाँ फिल्म घोषणा गर्ने बताए ।
 
 
शिशिर राणा निर्देशित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ । तिहारको विदामा प्रदर्शनमा आएका कारण फिल्मले राम्रो व्यापार गर्न सफल भएको थियो । तर, समीक्षकको नजरमा कमजोर साबित भएको फिल्मलाई दर्शकबाट भने मिश्रित प्रतिक्रिया प्राप्त छ ।
Most Visited News (monthly)