Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म गर्न सलिनले पाएनन् राम्रो स्क्रिप्ट

फिल्मीखबर, काठमाण्डौ, 2019/12/08
 
झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर २’ बाट सानदार डेब्यू गरेका ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँको दोस्रो फिल्म ‘यात्रा’ गएको वर्षको चैत अन्तिममा प्रदर्शनमा आएको थियो । डेब्यू फिल्ममा अभिनयको आलोचना खेपेका उनले दोस्रो फिल्ममा भने केही हदसम्म तारिफ बटुले । विशेषगरि उनको एक्सनको दर्शक र समीक्षकले प्रशंसा गरेका थिए । तर, फिल्म भने चलेन । 
 
‘यात्रा’ रिलिजपछि उनले ६ महिना अभिनयबाट विश्राम लिने घोषणा गरेका थिए । यो फिल्म प्रदर्शनमा आएको ६ महिना वितिसकेको छ तर उनले नयाँ फिल्म साइन गरेका छैनन् । स्क्रिप्ट र चेक बोकेर निर्माता/निर्देशक उनको घर धाइरहे पनि सलिनलाई कुनै फिल्मको स्क्रिप्ट चित्त बुझेको छैन । बजारमा ‘यात्रा’ निर्देशक सम्राट शाक्यसँग उनको पुनः टिमअप हुने चर्चा छ । 
 
लुक्स, हेयर स्टाइल र ड्रेसअपका कारण धेरैको ध्यान खिच्न सफल उनी आफू फिल्म छनोटमा चुजी भएको बताउँछन् । हालै एक कार्यक्रममा भेटिएका उनले अहिले आफू राम्रो स्क्रिप्टको पखाईमा रहेको बताए । उनले भने, ‘अहिले जति पनि फिल्मको स्क्रिप्ट आएको छ कुनैले मेरो मन छोएको छैन । स्क्रिप्ट राम्रो नलाग्दा नलाग्दै पर्दामा आउन ढिला भयो भनेर किन हतार गर्नु ?’
 
डेब्यू फिल्मबाटै आफ्नो क्रेजलाई सस्तो बन्न नदिएका उनी आफूलाई पर्दामा हेर्न दर्शकले अझै केही समय प्रतिक्षा गर्नुपर्ने बताउँछन् । उनले भने- ‘म स्क्रिप्टमा चुजी छु । र, अहिले खासै राम्रो स्क्रिप्ट पनि आएको छैन । त्यसैले पर्दामा आउन हतार पनि गरेको छैनँ ।’ माइकल ज्याक्सनको नृत्य गर्ने शैलीबाट प्रभावित सलिन आफूलाई डान्सिङ फिल्म गर्ने इच्छा रहेको पनि बताए । 
Most Visited News (monthly)