Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘दबंग ३’ को दुई दिने कमाई ५० करोड आसपास

फिल्मीखबर, काठमाण्डौ, 2019/12/22
 
अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ रिलिजको पहिलो दिनदेखि नै बक्सअफिसमा छाएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मको दोस्रो दिनको कमाई पनि सार्वजनिक भएको छ । पहिलो दिनको तुलनामा फिल्मले दोस्रो दिन २५ लाख बढी कमाएको छ । पहिलो दिन फिल्मले २४ करोड ५० लाख छापेको थियो । दोस्रो दिन २४ करोड ७५ लाख कमाएको छ ।
 
दुई दिनमा ४९ करोड २५ लाख कमाउन सफल भएको ‘दबंग ३’ ले प्रदर्शनको पहिलो दिन ४० करोडभन्दा कमाई गर्ने अनुमान गरिएको थियो । अहिले भारतका विभिन्न स्थानमा नागरिकता संशोधन एक्टको विरुद्धमा प्रदर्शन चलिरहेका कारण त्यसको असर फिल्मको व्यापारमा परेको छ । दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया प्राप्त यो फिल्मका निर्देशक प्रभु देवा हुन् । 
 
फिल्मको कहानी सलमान खान (चुलबुल पान्डे), सुदीप किच्चा (बाली), सोनाक्षी सिन्हा (रज्जो-चुलबुल पान्डेकी पत्नी), सई मान्जरेकर (खुशी), डिम्पल कपाडिया (चुलबुलकी आमा), अरबाज खान मक्खी (चुलबुल पान्डेका भाई) भूमिकामा बेस्ड छ, जहाँ चुलबुल पान्डेको सुरुवाती जिन्दगीको कहानीलाई निकै रोचक ढंगबाट देखाइएको छ । फिल्ममा एक्सन जबरजस्त छ । 
 
१ सय ५९ मिनेट लामो यो फिल्म शनिबारबाट ९ मिनेट ४० सेकेण्ड कम गरिएको बताइएको छ । तर, फिल्मको कुन सिक्वेन्स हटाइएको हो, त्यो भने खुलाइएको छैन । यसअघि फिल्मको ‘हुड हुड दबंग’ गीतलाई लिएर विवाद भएको थियो । गीतको ब्याकग्राउन्डमा साधुलाई नचाइएको थियो । गीतलाई लिएर चर्को विवाद भएपछि गीतबाट उक्त सिन हटाएको थियो । 
Most Visited News (monthly)