Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 5.00/5.00)
Text size:-
+
-

सृष्टिको ‘चिसो एस्ट्रे’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2020/01/08
 
दिनेश पाल्पाली (दिन्श) को निर्देशन रहेको फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म जेठ १६ बाट प्रदर्शनामा आउने निश्चित भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्मले पेश गर्ने बताइएको छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।
 
निर्देशक दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) सँगै  थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । 
 
‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्छ,’ दिन्शले भने, ‘तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरु यात्रुको कथा नै चिसो एस्ट्रे हो ।’ फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको छ । 
 
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मको निर्माण प्रबिन स्याङ्बोले गरेका हुन् । फिल्ममा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निभाएका छन् । फिल्ममा अजर जंगमको संगीत र उज्जल बस्ताकोटीको छायांकन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । 
Most Visited News (monthly)