Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पासवर्ड’ निर्माताको बलिउड फिल्ममा युलियादेखि महेशसम्म

फिल्मीखबर, काठमाण्डौ, 2020/01/08
बलिउड अभिनेत्री सन्नी लियोनीले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी एबी इन्टरनेशनलको बलिउड फिल्म ‘लैला मन्जु’ को छायांकन सुरु भएको छ । निर्माताद्वय अमित बस्नेत र अजित केआर थापाले निर्माण गर्ने फिल्मलाई प्रेमराज सोनीले निर्देशनको जिम्मेवारी सम्हालेका छन् । यसअघि उनले ‘इश्क इन पेरिस’ नामक बलिउड फिल्म निर्देशन गरेका थिए । 
 
 
जनवरी २ बाट लण्डनमा छायांकन सुरु भएको यो फिल्ममा कलाकारको लाइनअप बलियो छ । बलिउड सुपरस्टार सलमान खानकी कथित प्रेमिका, मोडल तथा गायिका युलिया भन्तुरसँगै फरिदा जलाल, शशांक व्यास, अभिमन्यु टोमर, नेहाल चुडास्मा, जेसी लिभर, महेश मंजेकर, जिम्मी शेर्गिल, रजित कपूर, निकी अनेजालगायतको पनि ‘लैला मन्जु’ मा अभिनय रहनेछ ।
 
हृडोय डेका मुख्य सहायक निर्देशक रहेको फिल्म २०२० मा रिलिज हुने निर्माता अमित बस्नेतले जानकारी दिए । फिल्मको सम्पूर्ण छायांकन लण्डनमा हुनेछ । एबी इन्टरनेशनलसँग निर्माणमा डि.एन.ए पिक्चर्सले सहकार्य गरेको छ । फिल्म ठूलो बजेटमा निर्माण गरिने बताइएको छ । एबी इन्टरनेशनलले निर्माण गरेको नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको लागि तयार छ । 
 
 
त्यस्तै, यो कम्पनीले निर्माण गर्न लागेको अर्को बलिउड फिल्म ‘वेलकम टु लण्डन’ को पनि यसै वर्ष (२०२०) बाट छायांकन हुँदैछ । यसमा चार नेपाली र बलिउड कलाकारको अभिनय रहने जानकारी प्राप्त छ । एबी इन्टरनेशनलले फिल्म निर्माणसँगै वितरणमा पनि हात हालिसकेको छ । यो कम्पनीले गएको महिना बलिउड फिल्म ‘मरजावा’ को नेपाल वितरण अधिकार लिएको थियो । 
Most Visited News (monthly)