Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

साडीमा खुलेको केकीको सुन्दरता (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2020/01/09
अभिनेत्री केकी अधिकारी नेपाली फिल्ममा प्रवेश गरेको एक दशक भैसकेको छ । यो बीचमा उनले दुई दर्जन फिल्म र सयको आसपासमा म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिएकी उनले एक दशक लामो फिल्मी करिअरमा पहिलो पटक हिट फिल्मको सुख प्राप्त गरिन् । ‘छ माया छपक्कै’ उनको करिअरको पहिलो हिट फिल्म हो । 
 
 
 
लगातार २५ वटा फिल्म असफल हुँदा पनि आफूलाई व्यस्त अभिनेत्रीको रुपमा उभ्याएकी अभिनेत्री केकीको ‘छ माया छपक्कै’ को सफलतापछि झनै माग चुलिएको छ । उनलाई लिएर फिल्म बनाउन चाहने मेकरहरु बढेका छन् । गएको हप्ता फिल्म ‘झिँगेदाउ’ को छायांकन सकेकी उनी अहिले अमेरिकामा छिन् । यो फिल्मको छायांकन सकिएको भोलीपल्टै उनी अमेरिका पुगेकी हुन् । 
 
अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा ‘मेरो डान्स कप’ को चौथो संस्करण र ‘मेरो भ्वाइस कप’ को दोश्रो संस्करणको उद्घाटन कार्यक्रममा सहभागी पुगेकी अभिनेत्री केकी अधिकारीले ‘मेरो डान्स कप’ मा निर्णायकको भूमिका समेत निर्वाह गर्दैछिन् । अहिले चर्चाको केन्द्रमा रहेको ‘कमेडी च्याम्पियन’ को निर्मात्री समेत रहेकी उनी केही हप्तामा नेपाल फर्किने जानकारी प्राप्त छ । 
 
 
 
रियालिटी शो ‘मेरो डान्स कप ४’ र ‘मेरो भ्वाइस कप २’ को उद्घाटन कार्यक्रममा आकाशे रंगको साडी र हरियो रंगको ब्लाउज लगाएर पुगेकी केकी निकै सुन्दर देखिएकी थिइन् । उनले साडीमा सजिएको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेकी छन् र सयौं दर्शकले ‘परी’ देखिएको भन्दै प्रशंसा गरेका छन् । विशेषगरि सार्वजनिक कार्यक्रममा उनी साडी लगाएर जान रुचाउँछिन् । 
Most Visited News (monthly)