Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपासनाको पखाई

फिल्मीखबर, काठमाडौं, 2020/01/11
 
अभिनेतामा अहिलेका हटकेक अनमोल केसीसँग फिल्ममा रोमान्स गरेपछि भाग्य चम्किन्छ भन्ने एक उदाहरणकी पात्र हुन्, उपासना सिंह ठकुरी । गत वर्षको फागुनमा प्रदर्शनमा आएको फिल्म ‘क्याप्टेन’ बाट अभिनय करिअर सुरुवात गरेकी उनको यो फिल्ममा अभिनय र सुन्दरताको निकै प्रशंसा भएको थियो । यद्यपि, फिल्मले बक्सअफिसमा सफलता पाउन भने चुक्यो ।
 
नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा हेरिएको अभिनेत्री उपासना पछिल्लो पटक फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा देखिएकी थिइन् । यो फिल्मबाट पनि उनले दर्शकको मन जितिन् । यसमा उनी सोल्टिनीको भूमिकामा थिइन् । उनलाई आफ्नो जीवन संगिनी बनाउन फिल्ममा अभिनेता त्रय दयाहाङ राई, विल्सन विक्रम राई र कर्मा शाक्यबीच ठूलै घम्साघम्सी भएको थियो । 
 
‘कबड्डी कबड्डी कबड्डी’ यस वर्षको ब्लकबस्टर फिल्म सावित हुँदा अहिले अभिनेत्री उपासनालाई लिएर फिल्म बनाउन चाहने निर्माताहरु थोरै छैनन् । तर, दुई फिल्मबाट गजबको फ्यान फलोइङ बनाएकी यी सुन्दरी फिल्म गर्न हतारिएकी छैनन् । ‘कबड्डी ३’ पछि उनले नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन । यद्यपि, उनलाई फिल्मको अफर भने बाक्लै पुगिरहेको छ ।
 
अहिलेका चल्तीका अभिनेत्रीहरुका लागि थ्रेट बनेकी उपासनाको नयाँ फिल्मको पखाईमा दर्शक छन् । तर, यस वर्ष उनले नयाँ फिल्म गर्ने सम्भावना न्यून छ । स्क्रिप्ट चित्त बुझे मात्र फिल्म गर्ने अडानमा रहेकी उनलाई अहिले ठूला ब्यानरबाट पनि फिल्मको अफर पुगिरहेको छ । उनले नयाँ फिल्म अहिलेका चल्तीका अभिनेतासँग गर्नसक्ने सम्भावना रहेको स्रोत बताउँछ ।
Most Visited News (monthly)