Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

बुद्धि र श्रृजनाको ‘धुलो’ रिलिज घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2020/02/11
 
सामाजिक विषयवस्तुमा निर्मित फिल्म ‘धुलो’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । आउँदो फागुन १६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै मंगलवार सार्वजनिक गरिएको पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा फिचर्ड छन् । प्रद्युम्न मिश्रले फिल्मको निर्देशन गरेका हुन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । 
 
रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवन शैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि, अग्रज र सृजनासँगै प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्की मुख्य भूमिकामा छन् । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको फिल्ममा विशेष भूमिका रहेको निर्माण टिमले बताएको छ । ‘हैट’ उपनामले चिनिने बुद्धि फिल्ममा मजदुरको भूमिकामा छन् ।
 
सिके वाग्लेको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल तथा सह निर्मातामा दीपा धरेल छिन् । सुवास सिंह बस्न्यातको लेखन, रबिन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामीछानेले गरेका हुन । निर्देशक मिश्र ‘धुलो’ अत्यन्तै मर्मस्पर्शी कथामा निर्माण भएको बताउँछन् । 
Most Visited News (monthly)