Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्कार जितेको ‘प्यारासाइट’ तमिल फिल्मको कपी हो ?

एजेन्सी, मुम्बई, 2020/02/14
 
संसारको सबैभन्दा प्रतिष्ठित अवार्ड अर्थात् ९२औं ‘अस्कार अवार्ड’ मा पहिलो पटक दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ ले चार महत्त्वपूर्ण विधामा अवार्ड जित्यो । यसले अस्कारमा बेस्ट फिल्म, बेस्ट डाइरेक्टर, बेस्ट विदेशी फिल्म र बेस्ट स्क्रिनप्ले गरि चार विधामा अवार्ड जितेको हो । तर, तमिल फिल्म इन्डस्ट्रीले यो फिल्मको कहानी तमिल फिल्मबाट चोरिएको दाबी गरेको छ । 
 
‘प्यारासाइट’ एकै परिवारका चार महत्वाकांक्षी व्यक्तिको कहानी हो, जो धनी बन्न झुट बोलेर एक धनाड्य व्यक्तिको घरमा काम गर्छन् । तमिल फिल्म इन्डस्ट्रीले दाबी गरेको छ कि ‘प्यारासाइट’ को यो कहानी तमिल फिल्म स्टार विजयको फिल्म ‘मिनसारा कन्ना’ बाट चोरिएको हो । ‘प्यारासाइट’ लाई बोङ जोनले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनी आफैंले लेखेका हुन् ।
 
विजय अभिनीत फिल्म ‘मिनसारा कन्ना’ सन् १९९९ मा आएको थियो । फिल्ममा विजयसँगै लिड अभिनेत्रीमा रम्भा र खुशबू सुन्दर थिए । तर, दुवै फिल्मलाई हेर्ने हो भने कथाको प्लटमा परिस्थिति मिल्दोजुल्दो छ । तर, दुवै फिल्मको कथानक विल्कुलै अलग छ । ‘प्यारासाइट’ मा पूरा परिवार पैसाका लागि धनाड्य परिवारको घरमा झुठ बोलेर बस्छन् । यो डार्क सेड फिल्म हो । 
 
त्यस्तै, तमिल फिल्म ‘मिनसारा कन्ना’ मा हिरो धनी युवतीलाई आफ्नो बनाउन उसैको घरमा झुट बोलेर काम गर्छ । फिल्म कमेडी प्रधान छ र प्रेम यसको ठूलो एंगल हो । सामाजिक सञ्जालमा केही दिनयता ‘प्यारासाइट’ र ‘मिनसारा कन्ना’ का प्रशंसकबीच वार चलिरहेको छ । अस्कार विजेता फिल्म ‘प्यारासाइट’ माथि कथा चोरीको आरोप लागेपछि यसले विश्वको ध्यान खिचेको छ । 
Most Visited News (monthly)