Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सूर्यवंशी’ ट्रेलरः अक्षय, अजय र रणवीर एकसाथ

फिल्मीखबर, काठमाण्डौ, 2020/03/02
 
रोहित शेट्टी निर्देशित फिल्म ‘सूर्यवंशी’ को ट्रेलर सार्वजनिक भएको छ । लामो समयदेखि दर्शकमाझ यो फिल्मको ट्रेलरको प्रतिक्षा थियो । अभिनेता अक्षय कुमारको यो फिल्ममा ‘सिंघम’ उर्फ अजय देवगन र ‘सिम्बा’ उर्फ रणवीर सिंह पनि देखिँदैछन् । त्यस्तै, अभिनेत्री कटरीना कैफसँग अक्षयको केमेस्ट्री एकपटक फेरि पर्दामा देखिनेछ । ‘सूर्यवंशी’ को ट्रेलर जबरजस्त बनेको छ । 
 
ट्रेलरमा ‘सूर्यवंशी’ को कहानीको झलक देखाइएको छ । यसमा अक्षय कुमार एक एन्टी टेररिज्म स्क्वोड कप हुन्, जो देशका लागि जुन हदसम्म जान पनि तयार छन् । उनको परिवारमा श्रीमती कटरीना कैफ र एक बच्चा छन् । फिल्मको ट्रेलरको अन्तिममा भित्ता फोडेर निस्किएको गाडीबाट रणवीर सिंहको इन्ट्री हुन्छ । उनीपछि गाडी धुमाउँदै अजय देवगनको पनि धमाकेदार इन्ट्री हुन्छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको ट्रेलर हेरेपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘सूर्यवंशी’ को ट्रेलर हेरेँ । निकै सानदार छ । रोहित शेट्टी निःसन्देह इन्टरटेनमेन्टका सम्राट हुन् । अक्षयलाई एक्सन रोलमा देखेर राम्रो लाग्यो । फिल्मले बक्सअफिसमा सुनामी ल्याउने तय छ । यसले ठूलो जीतको वाचा गर्छ ।’ एक्सनले भरिएको ‘सूर्यवंशी’ को ट्रेलर ४ मिनेट १५ सेकेण्ड लामो छ । 
 
‘सूर्यवंशी’ रोहित शेट्टीको कप सिरिजको चौथो फिल्म हो । योभन्दा अगाडि उनले ‘सिंघम’, ‘सिंघम २’ र ‘सिम्बा’ बनाइसकेका छन् । ‘सिंघम’ सिरिजमा रोहितले अजय देगवनसँग र ‘सिम्बा’ मा रणवीर सिंहसँग काम गरेका थिए । यी तीनै फिल्म सुपरहिट भएका थिए । ‘सूर्यवंशी’ मा अक्षय, अजय र रणवीर एकसाथ देखिन लागेका कारण यो फिल्मले ठूलो रेकर्ड आफ्नो नाम गर्ने पक्का छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)