Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजितको फिल्मको रिमेक हो ‘कभी ईद कभी दिवाली’

एजेन्सी, मुम्बई, 2020/03/11
 
बलिउड सुपरस्टार सलमान खानको केही फिल्म पाइपलाइनमा छन् । फिल्म ‘दबंग ३’ पछि अहिले उनी ‘राधे : योर मोस्ट वान्टेड भाई’ मा व्यस्त छन् । कोरोना भाइरसको त्रासका कारण तत्काललाई यो फिल्मको छायांकन रोकिएको छ । यो फिल्मपछि उनले ‘कभी ईद कभी दिवाली’ गर्नेछन् । फरहद सामजीले निर्देशन गर्ने फिल्ममा सलमानको जोडी पूजा हेगडेसँग बाँधिएको छ । 
 
यो फिल्मको स्टोरीलाइनलाई लिएर अनेकौं अनुमान लगाइएको छ । अहिले सलमानको यो फिल्म चर्चित साउथ फिल्मको रिमेक रहेको चर्चा चलेको छ । पिंकविलाले सुत्रको भनाई उद्धत गर्दै लेखेको छ, ‘फिल्ममा हिन्दू-मुस्लिम एंगललाई लिएर इमोशनल एंगल जोडिएको छ । यो कहानी चार भाईको हो । फिल्म वास्तवमा साउथ सुपरस्टार अजितको ‘भीरम’ को हिन्दी रिमेक हुनेछ ।’ 
 
पिंकविलाले अगाडि लेखेको छ- ‘निर्माताले वीरमको हिन्दी रिमेकको राइट्स खरिद गरिसकेका छन् । फिल्मको टाइटललाई म्याच गर्दै निर्माता/निर्देशकले कहानीमा थोरै परिवर्तन गरेका छन् । जब सलमान खानले फिल्मको स्टोरी सुनेका थिए, उनले तुरुन्तै फिल्ममा काम गर्ने फैसला लिएका थिए ।’ अहिले फिल्ममेकर्स सलमान र पूजाबीच आइस ब्रेकिङका लागि वर्कसप गरिरहेको छ ।
 
‘कभी ईद कभी दिवाली’ मा सलमान र पूजासँगै आयुष शर्माको पनि अभिनय रहनेछ । आयुष, सलमानका ज्वाईं हुन् । यो फिल्मको छायांकन यस वर्षको सेप्टेम्बरबाट सुरु हुँदैछ । साजिद नाडियावालाले निर्माण गर्ने फिल्म २०२१ को इदमा रिलिज हुनेछ । पहिलो पटक सलमान खानको फिल्म ‘जुडुवा’ ईदमा रिलिज भएको थियो । उनका प्रायः फिल्म ईदमा प्रदर्शन हुने गरेका छन् । 
Most Visited News (monthly)