Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिड्नीमा मरिष्का बनिन् थेरापी प्वाइन्टकी ब्रान्ड एम्बेसडर

फिल्मीखबर, काठमाडौं, 2020/03/12
 
आधा दर्जन बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री मरिष्का पोखरेल थेरापी प्वाइन्टकी ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । सांगीतिक कार्यक्रममा सहभागी हुन गत हप्ता अष्ट्रेलियाको सिड्नी पुगेकी उनलाई थेरापी प्वाइन्ट, एजुकेशन तथा माइग्रेसन कर्नर र नेसन वाइड स्टेट ऐजेन्ट रियल स्टेटका प्रमुख सुनिल उप्रेतीले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेका हुन ।
 
सिड्नीको लिडकममा रहेको वाइट पार्कमा मनाइएको सिड्नी होली मेलाको कार्यक्रममा मरिष्कालाई ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो । थेरापी प्वाइन्टका सञ्चालक सुनिल उप्रेतीले अभिनेत्री मरिष्कालाई थेरापी सम्बन्धि ज्ञान भएको र यस विषयमा अध्ययन गरेका कारण ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको बताए । ‘सालको पात’ गीतपछि मरिष्का एकाएक चर्चामा आएकी हुन् ।
 
‘साली कस्को भेनाको’, ‘के म तिम्रो होइन र ?’, ‘पण्डित बाजेको लौरी’, ‘लम्फू’ ‘मिस्टर भर्जिन’ लगायतका फिल्ममा अभिनय गरिसकेकी मरिष्काले आफूले जानेको, पढेको र ज्ञान भएको विषयमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरिन् । अहिले सुनिलको थेरापी प्वाइन्ट सिड्नीको क्याम्बल टाउनमा छ भने चाँडै यसको शाखा सिड्नीकै सेभेन हिल्समा पनि सञ्चालनमा आउँदैछ ।
 
अभिनेत्री मरिष्का पोखरेल फिल्म ‘मिस्टर भर्जिन’ पछि पर्दामा देखिएकी छैनन् । अभिनय गरेका कुनै फिल्म बक्सअफिसमा सफल नहुँदा उनको करिअर संकटमा परेको छ । उनी गएको एक वर्षदेखि फिल्मविहीन रहेको चर्चा छ । तर, हातमा फिल्म नभए पनि उनलाई म्यूजिक भिडियोमा भने भ्याइनभ्याइ छ । ‘सालको पात’ गीतको सफलतापछि उनको भिडियोमा माग चुलिएको छ । 
Most Visited News (monthly)