Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म प्राविधिकलाई दीपक राज गिरी समूहद्वारा राहत

फिल्मीखबर, काठमाडौं, 2020/04/03
कोरोना भाईरसको माहामरीले बिश्वलाई गाँजिरहेको बेला नेपाली फिल्म क्षेत्र पनि ठप्प छ । दैनिक ज्याला लिएर काम गर्ने प्राविधिकहरुको अवस्था दयनिय भएको छ । यहि समयमा अभिनेता तथा निर्माता दीपक राज गिरी लगायतको टीमले फिल्ममा काम गर्ने प्राविधिकलाई राहत स्वरुप सहयोग घोषणा गरेका छन् । शुक्रबार फेसबुकमा एक स्टाटस् लेख्दै गिरीले उक्त घोषणा गरेका हुन् ।
 
एउटै स्टाटसलाई निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला, अभिनेता केदार घिमिरे लगायतले पनि पोस्ट गरेका छन् । स्टाटसमा लेखिएको छ, ‘चलचित्रकर्मी साथिहरू । हामिलाइ सुटिंगको समयमा, भोक लाग्दा खाना खुवाउने, हामिलाइ गर्मि हूँदा छाता ओढाउने, हामिलाइ राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो । अत: सबै मिलेर केहि सहयोग गरौँ । हाम्रो तर्फबाट रू. १ लाख १० हजार दिँदैछौ । चलचित्र क्षेत्रका इच्छूक साथिहरूले पनि इनबक्स गर्न सक्नु हुनेछ । आउनुस एकमुष्ट सहयोग गरौँ’ ।
 
 
चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले प्राविधिकको लागि आफ्नै कोष खडा गर्नुपर्ने बताएका थिए । कलाकारहरुको यो अभियानले प्राविधिकहरुलाई राहत दिने बिश्वास गरिएको छ ।
Most Visited News (monthly)