Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक करोडको लागतमा फिल्म स्टूडियो बनाउँदै शोभित

फिल्मीखबर, काठमाण्डौ, 2020/06/04
 
एक समयका सफल निर्देशक शोभित बस्नेतले एक करोडको लागतमा फिल्म स्टूडियो बनाइरहेका छन् । उनले थानकोटमा रहेको आफ्नै घरमा फिल्म स्टूडियो बनाइरहेका हुन् । पुरानो एक तल्लाको घरमा २ तल्ला थप गरेर फिल्म छायांकनका लागि स्टूडियो तयार पारिरहेको उनले बताए । लकडाउनको समय सदुपयोग गरेर अहिले स्टूडियोको काम भैरहेको उनी बताउँछन् ।
 
गएको चार महिनादेखि स्टूडियो निर्माणको काम भैरहेको निर्देशक बस्नेतले जानकारी दिए । अबको दुई महिनामा स्टूडियोको सबै काम सकिने र फिल्म छायांकनका लागि खुल्ला गरिने उनले बताए । उनका अनुसार, अहिले फिनिसिङको काम भैरहेको छ । मध्यम वर्गिय परिवारको घर देखाउन समस्या भएकाले त्यही अनुरुप स्टूडियोको संरचना बनाइएको उनको भनाई छ ।
 
शोभितले तयार पारिरहेको फिल्म सुटिङ स्टूडियोमा लिभिङ रुम, बार, रेस्टुरेन्ट, बाथरुम आदि रहनेछन् । फिल्मको छायांकन गर्न सहज हुने गरि स्टूडियो निर्माण भैरहेको उनले बताए । उनले भने–‘केही बर्ष पहिले यी सबै कुराहरु समावेश गरेर केही स्टूडियो तयार भएका थिए । अहिले, ती सबै बन्द छन् । आशा छ, हामीले बनाएको फिल्म सुटिङ स्टूडियोले त्यो आवश्यकता पूरा गर्नेछ ।’
 
 
नेपालमा फिल्म छायांकनका लागि व्यक्तिगत लगानीमा निर्माण भएका स्टूडियोहरु प्रायः बन्द भैसकेका छन् । अहिले फिल्मको इन्डोर छायांकनका लागि कसैको घर भाडामा लिनुपर्ने अवस्था छ । जसले फिल्मको लगानी बढ्ने गरेको छ । सरकारले अघिल्लो आर्थिक वर्षको बजेटमा काठमाडौंमै फिल्म स्टूडियो बनाउने घोषणा गरे पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । 
Most Visited News (monthly)