Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 4.64/5.00)
Text size:-
+
-

सलमानको परिवारले करिअर बर्बाद पारेको ‘दबंग’ निर्देशकको अरोप

फिल्मीखबर, काठमाडौं, 2020/06/16
 
अभिनेता सुशान्त सिंह राजपूतले बलिउडमा बढ्दो नातावादका कारण आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यसलाई लिएर बलिउडमा नातावादको विषयमा बहस सुरु भएको छ । फिल्म ‘दबंग’ का निर्देशकमध्ये एक अभिनव कश्यपले सोसल मिडियामा एक पोस्ट लेखेका छन्, जसमा उनले सलमान खान र उनको परिवारमाथि गम्भीर आरोप लगाएका छन् । 
 
अभिनवले लेखेका छन्, ‘मेरो अनुभव अलग छैन । म आफैं पनि शोषण र बुलिङको भुक्तभोगी हुँ । दश वर्षअघि ‘दबंग २’ बाट म यसकारण हटेँ कि अरबाज खानले सोहेल खानसँग मिलेर पूरै फेमिली बुलिङको माध्यमबाट मेरो करिअर कन्ट्रोल गर्न चाहन्थे । मेरो दोस्रो प्रोजेक्ट श्री अष्टिविनियाक फिल्म्ससँग थियो तर अरबाजले षड्यन्त्र गरे । जसले गर्दा मैले त्यो फिल्म गर्न पाइनँ ।’
 
उनले अगाडि लेखेका छन्, ‘मैले श्री अष्टविनायक फिल्म्सको साइनिङ एकाउन्ट फिर्ता गर्नुपर्‍यो र वायाकम पिक्चर्समा गएँ । उनीहरुले फेरि त्यही गरे । यसपटक नोकसान पुर्‍याउने केवल सोहेल खान थिए र उनले तत्कालीन वायाकमका सीइओ विक्रम मल्होत्रालाई डराए । मेरो प्रोजेक्ट बन्द गरियो र ९० लाख ब्याजका साथ मैले ७ करोडको साइनिङ एमाउन्ट फिर्ता गर्नुपर्‍यो ।’
 
यसपछि आफूलाई रिलायन्स इन्टरटेनमेन्टले बचाएको उनी बताउँछन् । यो कम्पनीसँग मिलेर अभिनवले फिल्म ‘बेशरम’ बनाएका थिए । यो फिल्म प्रदर्शनको समयमा समेत सलमान खानको परिवारले ठूलो नोकसान पुर्‍याएको उनको आरोप छ । फिल्म रिलिजभन्दा अगाडि नकारात्मक कुरा फैलाएको भए पनि ‘बेशरम’ ले रिलिज अगावै ५८ करोड कमाएको उनको भनाई छ । 
Most Visited News (monthly)