Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

निरिषा लेख्छिन्, ‘मेरो रिपोर्ट अझै पोजेटिभ छ’

फिल्मीखबर, काठमाण्डौ, 2020/06/21
 
भारतको मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्षरत नेपाली अभिनेत्री निरिषा बस्नेतले आफ्नो कोरोना भाइरसको रिपोर्ट अझै पोजेटिभ रहेको बताएकी छन् । शनिवार अस्पतालबाट डिस्चार्ज भएकी उनले दुई हप्ताअघि छातीमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गराउँदा कोरोनाको संक्रमण देखिएको थियो । यसपछि उनी भारतको एक अस्पतालमा भर्ना भएकी थिइन् । 
 
दुई हप्ताको उपचार पश्चात कोरोनाको पहिलो चरणका लक्षण हराउँदै गएपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो । अभिनेत्री निरिषाले शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोस्ट्याउँदै आफू अस्पतालबाट डिस्चार्ज भए पनि कोरोनाको रिपोर्ट अझै पोजेटिभ रहेको जानकारी दिएकी छन् । यद्यपि, आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको उनको भनाई छ । 
 
उनले लेखेकी छन्, ‘तपाईंहरुको शुभकामनाका लागि धन्यवाद । मलाई क्वारेन्टाइन सुविधाबाट डिस्चार्ज गरिएको छ, किनकि म स्वास्थ छु ।  यद्यपि, मेरो रिपोर्ट अझै सकारात्मक छ । तर, मेरो पहिलो चरणका लक्षणहरु विस्तारै हराउँदै जाँदैछन् र म लाक्षणिकबाट एसिम्प्टोमेटिकमा परिवर्तन हुँदैछु । यो भाइरसबाट पूर्ण रूपले बाहिरिन ४/१२ हप्ता लाग्छ र म तेस्रो हप्तामा छु ।’ 
 

चिकित्सकले रिपोर्ट नकारात्मक नभएसम्म आवश्यक औषधी र सावधानीका साथ घरमा रहन सुझाव दिएको अभिनेत्री निरिषाले बताएकी छन् । उनले आफूलाई कोरोना लागेको जानकारी इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै दिएकी थिइन् । ‘चन्द्र नन्दिनी’ नामक भारतीय सिरियलमा काम गरिसकेकी उनले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । 
Most Visited News (monthly)