Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

कोरोनाको कहरबीच ‘अवतार २’ को छायांकन सुरु

फिल्मीखबर, काठमाण्डौ, 2020/06/19
 
हलिउडको सर्वाधिक चर्चित फिल्म ‘अवतार’ को सिक्वेलको घोषणा २०२० मा भएको थियो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण फिल्मको छायांकन अनिश्चितकालका लागि रोकिएको थियो । फिल्मलाई जेम्स क्यामरुनले निर्देशन गर्दैछन् । यसको पहिलो पार्टले २ बिलियन ७ सय ८७ मिलियन अमेरिकी डलरभन्दा बढी कमाई गरेको थियो । 
 
‘अवतार २’ को बाँकी छायांकनका लागि निर्देशक जेम्स फिल्मको टिमसहित केही हप्ताअघि न्यूजिल्याण्ड पुगेका थिए । त्यहाँ उनीहरु सरकारको निर्देशनअनुसार १४ दिन क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइन बसाईपछि निर्देशक जेम्सले फिल्मको बाँकी छायांकन सुरु गरेका छन् । फिल्ममा अन्डरवाटर सिन हुनेछ । छायांकन स्थलमा सामाजिक दूरी कायम गरिएको छ । 
 
‘अवतार २’ मा सेम वर्थिंगटन र जो सलदाना प्रमुख भूमिकामा छन् । यसको चार संस्करण बनाउने निर्देशक जेम्स क्यामरुनले घोषणा गरिसकेका छन् । यसको स्विक्वेल सन् २०२१ मा प्रदर्शन गर्ने तयारी थियो । त्यस्तै, फिल्मको तेस्रो संस्करण सन् २०२३ मा र चौथो सन् २०२५ मा रिलिज गर्ने तयारीमा थियो । तर, कोरोनाका कारण फिल्म निर्धारित समयमा आउने सम्भावना कम छ ।
Most Visited News (monthly)