Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

अभिनेत्री निरिषा बस्नेतले जितिन् कोरोना

फिल्मीखबर, काठमाडौं, 2020/06/20
 
अभिनेत्री निरिषा बस्नेतले कोरोना भाइरस (कोभिड १९) लाई जितेकी छन् । गएको दुई हप्ताअघि स्वास्थ्यमा समस्या देखिएपछि कोरोनाको शंका लागेर उनले आरटीटी परिक्षण गराएकी थिइन् । उक्त परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । निरिषाले कोरोना जितेर घर फर्किएको उनका पिता तथा अभिनेता विश्व बस्नेतले जानकारी दिएका छन् । 
 
अभिनेत्री निरिषा बलिउड प्रवेशका लागि भारतको मुम्बईमा बस्ने गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएकी थिइन् । उनले भारतको एक अस्पतालमा कोरोनाको उपचार गराएकी हुन् । उनले इन्स्टामा अर्को एक भिडियो साझेदार गर्दै कोरोना संक्रमण हुँदाको अनुभव पनि साटेकी थिइन् । 
 
निरिषाका पिता विश्व बस्नेतले छोरी कोरोनाबाट मुक्त भएको खुसी बाँढ्दै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् । ‘चन्द्र नन्दिनी’ नामक भारतीय सिरियलमा काम गरिसकेकी निरिषाले गत वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । उनी भारत र नेपालमा जारी लकडाउन खुलेपछि परिवारसँग भेट गर्न नेपाल आउने बुझिएको छ । 
Most Visited News (monthly)