
बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर घाइते भएकाहरुका लागि चलचित्रको विधामा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ नेपालले रक्तदान गरेको छ । शनिवार सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर संघले रक्तदान गरेको हो । रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको संघका कार्यक्रम उपाध्यक्ष जीवन कुमार पराजुलीले बताए ।

कोरोना भाइरसका कारण पाँच महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र अझै खुल्न सकेको छैन । लकडाउन अन्त्य भएपछि अन्य क्षेत्र खुले । तर, सरकारले फिल्म निर्माण, प्रदर्शन र वितरणमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । फिल्मकर्मीहरु निर्देशिका बनाएर फिल्म क्षेत्र खोल्नु पर्ने बताइरहेका छन् । तर, दशैंअघि यो क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून देखिएको छ ।

सेलिब्रेटीहरु कस्ता सवारी साधनमा यात्रा गर्छन् भन्ने धेरैलाई चासो हुन्छ । अहिले नेपाली फिल्मका प्रायः अभिनेता/अभिनेत्रीसँग चार पांग्रे सवारी छ । एक करोडभन्दा बढी मुल्यका गाडीमा समेत नेपाली कलाकारहरु हुँइकन थालेका छन् । दीपकराज गिरी, नम्रता श्रेष्ठ, श्वेता खड्कालगायत महंगो गाडीमा यात्रा गर्नेमा पर्छन् । कति कलाकार भने गाडीभन्दा बाइकका सौखिन छन् ।

एक समय हलिउडमा सबैभन्दा बढी कमाई गर्ने अभिनेत्रीको रुपमा रहेकी क्यामरुन डियाजले सन् २०१७ मा फिल्मबाट सन्यास लिने घोषणा गरेकी थिइन् । अचानक उनको यो फैसलाले धेरैलाई हैरान बनाएको थियो । हालै एक अन्तर्वार्तामा उनले फिल्म अभिनयबाट सन्यास लिनुको कारण खुलाएकी छन् । उनले फिल्मबाट सन्यास लिएपछि निकै शान्ति मिलेको बताएकी छन् ।

नेपाली फिल्ममा हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेता हुन्, मनिष सुन्दर श्रेष्ठ । अग्लो कद, आर्यन लुक्स र आकर्षक शरीरले उनलाई अभिनेता बन्ने गुण दिएको छ । तर, एक सफल कलाकार बन्न यी विशेषता मात्र काफी हुँदैन । अभिनय पनि राम्रो हुनुपर्छ । यो मामलामा भने मनिष कमजोर छन् । उनले आजसम्म कुनै फिल्मबाट अभिनयको वाहवाही बटुल्न सकेका छैनन् ।

अभिनेत्री उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा गराएको परीक्षणमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । केही हप्ताअघि यामहा कम्पनीको फेसिनो स्कुटरको विज्ञापनको फोटोसुटमा उपस्थित भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उपासनाले दुई दिन अगाडि पीसीआर नमूना परीक्षण गराएकी थिइन् ।

