
कोरोनाका कारण धेरै बलिउड फिल्मको रिलिज पोस्टपोन्ड भएको छ । कति फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भइरहेका छन् । यो समयमा सबै आफू र आफ्नो परिवारको स्वास्थ्यलाई लिएर चिन्तित छन् । यसबीच, बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । यो फिल्मलाई यस वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी थियो ।

निर्माता सन्तोष सेनले निरन्तर फिल्म निर्माण गरिरहेका छन् । ‘प्रेमगीत’ पछि वर्षमा एउटा फिल्म निर्माण गर्दै आएका उनी अर्को वर्षका लागि एक कमेडी फिल्म लिएर आउँदैछन् । फिल्मको नाम ‘हुतुतु’ जुराइएको छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा फिल्मको निर्देशन गर्नेछन् । अर्को वर्षबाट छायांकन सुरु हुने फिल्ममा नाम चलेका कलाकारहरु फाइनल गरिएको छ ।

अभिनेता अनमोल केसीको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहाको एक स्कूटरको विज्ञापनका लागि फोटोसुट गराएका थिए । त्यसबेला उपस्थित भएकी एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अनमोल र उपासना कन्टयाक्ट ट्रेसिङमा परेका थिए । र, उनीहरुको कोरोना परीक्षण गरिएको थियो ।

एपी वान टेलिभिजनबाट प्रशारण हुने ‘रजतपट’ कार्यक्रममा छुद्र शब्द उच्चारण गरेपछि विवादमा तानिएका पत्रकार प्रकाश सुवेदीले आइतवार साँझ यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै माफी मागेका छन् । पछिल्लो श्रृंखलामा उनले कसैको नाम नलिइ ‘दारा’ शब्द प्रयोग गरेका थिए । राष्ट्रिय टेलिभिजनमा यसप्रकारको शब्द प्रयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ ।

एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा पत्रकार प्रकाश सुवेदीले अपमानजनक र अशोभनीय शब्द प्रयोग गरेपछि फिल्मकर्मीहरु उनको विरोधमा उत्रिएका छन् । पत्रकार सुवेदीले कार्यक्रममा कसैको नाम उच्चारण नगरी ‘दारे’ शब्द प्रयोग गरेका थिए । उनले आफूप्रति लक्षित गरेर उक्त टिप्पणी गरेको पूजाको प्रतिक्रियापछि फिल्मकर्मीहरु उनको समर्थनमा उभिएका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा नेपोटिज्मको विषयमा बहस भइरहेको छ । यो विषयमा चलेको बहसले ठूलो असर स्टार किड्सलाई परेको छ । सामाजिक सञ्जालमा उनीहरुको ट्रोल मात्र भइरहेको छैन, फिल्म बाइकट गर्नेसम्म माग उठिरहेको छ । यसबीच, फिल्म ‘बधाई हो’ फेम्ड कलाकार गजराज रावले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

