Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8119 - 8124 of 24024
फिल्मीखबर, काठमाण्डौ, 2020-08-06, बिहिवार

गायनको बाटो हुँदै फिल्ममा प्रवेश गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ । फिल्म क्षेत्रमा स्थापित कलाकारहरु पनि आफ्नो सौख पूरा गर्न गायक/गायिका बनेका छन् । रेखा थापा र निरुता सिंह यसका उदाहरण हुन् । उनीहरुले अभिनयसँगै गीतमा अवाज पनि भरेका छन् । तर, न गायनमा लाग्नेलाई फिल्म क्षेत्र फापेको छ न त कलाकारको गायनलाई दर्शकले रुचाएका छन् । 

एजेन्सी, मुम्बई, 2020-08-05, बुधवार

बलिउडकी अभिनेत्री काजोल देवगन ५ अगस्ट अर्थात् आज आफ्नो ४६औं जन्मदिन सेलिब्रेट गर्दैछिन् । बलिउडमा उनको सफर सन् १९९२ देखि सुरु भएको थियो । करीब २८ वर्षदेखि उनी फिल्म अभिनयमा सक्रिय छिन् । बलिउडले उनलाई नाम र दामसँगै जीवन साथी पनि दिएको छ । जोसँग उनले जिन्दगीको करीब २१ वर्ष विताइसकेकी छन् । उनका श्रीमान् अजय देवगन हुन् ।

फिल्मीखबर, काठमाडौं, 2020-08-05, बुधवार

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिज्मसँगै ग्रुपिज्मको बहसले नेपाली फिल्म क्षेत्र पनि तात्यो । यस विषयमा बहस व्यापक भइरहँदा दीपकराज गिरी, सुदर्शन थापा, सन्तोष सेन, दीपेन्द्र के. खनाल, छविराज ओझालगायतलाई फिल्म क्षेत्रमा ग्रुपिज्म गरेको आरोप लाग्यो । आफ्नो फिल्ममा एउटै कलाकार दोहोर्‍याएर ग्रुपिज्म गरेको आरोप उनीहरुमाथि छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-08-05, बुधवार

नेपाली फिल्मकर्मी र दर्शकमाझ उतिधेरै परिचित नाम होइन, कबीर खड्का । अभिनेताको रुपमा आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका उनले फिल्म ‘लम्फू’ बाट अभिनय करिअरको थालनी गरेका थिए । तर, यो फिल्मले व्यवसायिक सफलता हात पार्न नसक्दा उनी गिनेचुनेका ब्यानरको नजरमा पर्न सकेनन् । यसमा उनको अभिनय भने केही हदसम्म रुचाइएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2020-08-05, बुधवार

नेपाली फिल्मका चकलेटी हिरो अभिनेता आर्यन सिग्देल बुधवारबाट ३६ वर्षका भएका छन् । २०४१ साल साउन २१ गते जन्मिएका उनको नागरिकतामा भने जन्म मिति साउन ५ छ । उनको न्वारनको नाम हरिश सिग्देल हो । फिल्ममा प्रवेश गरेपछि उनले नाम परिवर्तन गरेका थिए । एक फिल्मका लागि लोकेशन हेर्न पोखरामा रहेका उनी त्यही आफ्नो जन्मदिन सेलिब्रेट गर्दैछन् । 

एजेन्सी, मुम्बई, 2020-08-04, मंगलवार

अभिनेत्री जरीन खानले बलिउडमा डेब्यू गरेको एक दशक पूरा भएको छ । अभिनेता सलमान खानसँग फिल्म ‘वीर’ बाट आफ्नो फिल्म करिअर सुरु गरेकी उनले ‘हाउसफुल २’, ‘हेट स्टोरी ३’, ‘विरप्पन’ जस्ता फिल्ममा काम गरिसकेकी छन् । तर, उनको फिल्म करिअर सुखद छैन । बोल्ड अभिनेत्रीको छवि बनाएकी उनलाई कटरीना कैफको डुब्लिकेट भनेर समेत चिन्ने गरिन्छ ।

Results : 8119 - 8124 of 24024
Most Visited News (monthly)