Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8113 - 8118 of 24025
एजेन्सी, काठमाण्डौ, 2020-08-07, शुक्रवार

कोरोनाको संकटमा अभिनेता सोनू सूदले गरेको कार्यको निकै प्रशंसा भइरहेको छ । हजारौं प्रवासी मजदूरहरुलाई घर पुर्‍याउन सोनूले ठूलो भूमिका निर्वाह गरेका छन् । अब उनले प्रवासी मजदूरहरुलाई रोजगारीको अवसर पनि दिने भएका छन् । सोनू स्वयंले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । उनले मजदूरहरुलाई रोजगारी दिन एइपिसी कम्पनीसँग सहकार्य गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-08-07, शुक्रवार

चर्चित अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको छ । केही हप्ताअघि यमाहाको एक स्कुटरको विज्ञापनको छायांकनमा उपस्थित एक महिलामा कोरोना देखिएपछि यमाहाको टिमले उनीहरुको कोरोना परिक्षण गराएको हो । दुवैको कोरोना परिक्षणको रिपोर्ट भने आएको छैन । न त उनीहरुमा कुनै प्रकारको लक्षण नै देखिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-08-07, शुक्रवार

फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका मनिष राउतले नयाँ फिल्ममा अभिनेत्री द्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । तीनै कलाकारसँग बिहिबार निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको नाम भने फाइनल भएको छैन ।

एजेन्सी, मुम्बई, 2020-08-06, बिहिवार

रवीना टन्डन ९० को दशककी सबैभन्दा सफल अभिनेत्रीमध्ये एक हुन् । उनले ‘मोहरा’, ‘पत्थर के फुल’, ‘अन्दाज अपना अपना’, ‘लाडला, ‘दूल्हे राजा’ सहित कयौं सफल फिल्ममा काम गरेकी छन् । पिंकविलासँगको कुराकानीको क्रममा उनले बलिउडमा आफ्नो कोही गडफादर नभएको, कुनै ग्रुपसँग नजिक नभएको र आफूलाई प्रमोट गर्ने कुनै हिरो पनि नभएको बताएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-08-06, बिहिवार

‘नाईं नभन्नू ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षा सिवाकोटीलाई फिल्म क्षेत्रमा ‘फ्लप फिल्मकी हिट हिरोइन’ भन्ने गरिन्छ । उनी प्रमुख भूमिकामा रहेका कुनै फिल्म सफल नहुनु र यसका बावजूद फिल्मविहीन हुनु नपरेका कारण उनलाई यो ट्यागलाइन लागेको हो । एकपछि अर्को फिल्म असफल भएपछि प्रायः कलाकार कामविहीन हुन्छन् । वर्षाको हकमा भने ठीक उल्टो छ । 

Results : 8113 - 8118 of 24025
Most Visited News (monthly)