
फिल्म ‘ए मेरो हजुर २’ बाट स्टारको रुपमा उदाएका सलिनमान बनियाँलाई हेयर स्टाइल र ड्रेसअपका कारण बाँकी अभिनेताभन्दा भिन्न मानिन्छ । उनलाई दर्शकले नेपाली फिल्मको ‘स्टाइलिस अभिनेता’ समेत भन्ने गरेका छन् । प्रेम सम्बन्धको चर्चाले बाक्लै मिडियामा छाइरहने उनी पछिल्लो पटक फिल्म ‘यात्रा’ मा देखिएका थिए । यसपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् ।

नेपाली फिल्म क्षेत्र ठप्प भएको पाँच महिना भइसकेको छ । सरकारले कोरोना रोकथामका लागि घोषणा गरेको लकडाउन अन्त्य भए पनि यो क्षेत्र पुनः सञ्चालनमा आएको छैन । संक्रमितको संख्या बढिरहेको अवस्थामा पुनः लकडाउन हुनसक्ने चर्चा चलिरहेको छ । संक्रमणले भयावह रुप लिइरहेको अवस्थामा सरकारले तत्काल फिल्म क्षेत्र खेल्न अनुमति दिने सम्भावना न्यून छ ।


‘जीरो’ फेम्ड निर्देशक आनन्द एल राय र अभिनेता अक्षय कुमारबीच दोस्रो पटक टिमअप भएको छ । ‘अतरंगी रे’ पछि अब उनीहरु फिल्म ‘रक्षाबन्धन’ लिएर आउँदैछन् । जनैपूर्णिमा (रक्षाबन्धन) को अवसर पारेर यो फिल्मको निर्माण घोषणा गरिएको छ । ‘अतरंगी रे’ कै लेखक हिमान्शु शर्माले फिल्मको स्क्रिप्ट तयार पारेका हुन् । फिल्म अर्को वर्षको ५ नोभेम्बरमा रिलिज हुनेछ ।

‘स्केप’ बाट अभिनय करिअर थालनी गरेका प्रदीप खड्का अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामध्ये एक हुन् । फिल्म बक्सअफिसमा चलोस् वा नचलोस्, उनी भने राम्रै चलेका छन् । अनमोल केसीपछि महंगो पारिश्रमिक बुझ्ने अभिनेताको रुपमा चिनिएका उनी अभिनीत नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनले केही फिल्म साइन गरेर पनि बसेका छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘च च हुईं’ पछि फुर्सदिला रहेका अभिनेता आर्यन सिग्देल र ‘सेल्फी किङ’ बाट निर्देशकिय यात्रा थालेका विशाल सापकोटाबीच नयाँ प्रोजेक्टमा टिमअप भएको छ । ‘अर्जुन रेड्डी’ को नेपाली रिमेकमा सँगै काम गर्न लागेको चर्चा चलिरहँदा उनीहरुले नयाँ फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्मको स्क्रिप्ट निर्देशक सापकोटा स्वयंले लेखिरहेका छन् ।

