
पत्रकार ऋषि धमलाले श्रीमति एलिजा गौतमलाई हिरोइन बनाउन निर्माण गरेको फिल्म थियो- ‘अनुराग’ । सत्यराज चौलागाईं निर्देशित फिल्ममा एलिजाको अपोजिटमा समुन्द्र पण्डित थिए । २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म चलाउन पत्रकार धमलाले हल पुगेका दर्शकको हात तानेर टिकट काउन्टरसम्म पुर्याए । एलिजाले आँशु पनि झारिन् । तर, कसै गरे पनि फिल्म हिट भएन ।

अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । मंगलवार साँझ उनका नजिकका साथीले यो कुराको खुलासा गरेका हुन् । केही दिन अगाडि सास फेर्न र छातीमा समस्या भएपछि सञ्जय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए । यसपछि उनको कोरोना टेस्ट गरिएको थियो, जुन नेगेटिभ आएको थियो । अब, उनी उपचारका लागि अमेरिका जाने बताइएको छ ।

बलिउडमा अन्नाको नामबाट चर्चित सुनील शेट्टी मंगलबारबाट ५९ वर्षका भएका छन् । ११ अगस्ट १९६१ मा जन्मिएका उनले तीन दशक लामो फिल्म करिअरमा एक्सन र कमेडी हिरोको रुपमा आफ्नो पहिचान बनाएका छन् । ‘बलवान’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनले ‘गोपी किशन’, ‘हेरा फेरी’ जस्ता कयौं उम्दा फिल्म दिएका छन् । उनी बस्सिङमा ब्ल्याक बेल्ट पनि हुन् ।

पुराना अभिनेता विश्व बस्नेतकी छोरी हुन्, निरिशा बस्नेत । उनले नेपाली फिल्म ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनको अभिनयको प्रशंसा भएको थियो । अहिले उनी भारतको मुम्बईमा छिन् । हालै कोरोना संक्रमणबाट निको भएकी उनले भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी छन् ।

कोरोनाका कारण फिल्म क्षेत्र अस्तव्यस्त भएको छ । फिल्म निर्माण र प्रदर्शन नहुँदा कलाकारदेखि प्राविधिकसम्म घरमै सीमित भएका छन् । यो अवस्था कहिलेसम्म रहन्छ, कुनै निश्चित छैन । किनकि, सरकारले तत्काल फिल्म क्षेत्र खोल्न गम्भीर देखिएको छैन । पाँच महिनायता फिल्म सम्बन्धि कुनै कार्य नभए पनि श्रृंखलाबद्ध विवादले फिल्म क्षेत्रलाई सुनसान भने हुन दिएको छैन ।

कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि नेपाली फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । फिल्म निर्माण, प्रदर्शन र वितरण सम्बन्धि सबै कार्य रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । यतिबेला पहिलाको अवस्थामा फिल्म क्षेत्रलाई फर्काउन कस्ता रणनीति अपनाउनु पर्छ भन्ने विषयमा फिल्मकर्मीबीच बहस हुनुपर्ने हो । तर, यसतर्फ समय खर्चिन कोही तयार छैनन् ।

