Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7597 - 7602 of 24026
फिल्मीखबर, काठमाडौं, 2020-12-28, सोमवार

अभिनयमा पारंगत मानिने अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक स्क्रिन शेयर गर्ने भएका छन् । फिल्म ‘गणपति’ मा उनीहरुले सँगै काम गर्न लागेका हुन् । दुवैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । पुष १४ गते फिल्मको काठमाडौं नयाँ बानेश्वरस्थित आइप्लेक्स मलमा रहेको दृष्य लन्जमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2020-12-28, सोमवार

सरकारले फिल्म छायांकनको अनुमति दिएसँगै अभिनेता द्वय आकाश श्रेष्ठ र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हिँड्दा हिँड्दै’ को छायांकन सुरु भएको छ । प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्मको गोदावरीबाट छायांकन थालिएको निर्देशक मिलन आले मगरले जानकारी दिए । सुटिङको पहिलो दिन सलोन बस्नेत र अभिनेत्री सानिया खानको दृश्य खिचिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-12-28, सोमवार

कोरोनाका कारण ९ महिनासम्म ठप्प रहेको फिल्म निर्माण मंसिर अन्तिम साताबाट सरकारले खुल्ला गरेको छ । सरकारले फिल्म छायांकन अनुमति नदिँदा नयाँ फिल्मको घोषणा गर्न हानाथाप गरेका निर्माता/निर्देशक अहिले फिल्म निर्माणका लागि कोही अगाडि सरेका छैनन् । प्रायः स्थिति सामान्य भएपछि छायांकन थाल्ने तयारीमा छन् । केही फिल्मको भने छायांकन भइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-12-28, सोमवार

कोरोना भाइरसका कारण करीब ९ महिना फिल्म निर्माण ठप्प भयो । यो समयमा म्यूजिक भिडियो निर्माणमा भने बाढी आएको थियो । फिल्ममा अभिनय गर्दै आएका धेरै कलाकारले लकडाउनमा आर्थिक सहायताका लागि म्यूजिक भिडियोमा काम गरे । अभिनेता प्रदीप खड्का पनि यसबाट अछुतो रहन सकेनन् । उनले लकडाउनमा दुईवटा म्यूजिक भिडियोमा अभिनय गरेका छन् ।

एजेन्सी, मुम्बई, 2020-12-27, आईतवार

बलिउड सुपरस्टार सलमान खान आइतवारबाट ५५ वर्षका भएका छन् । उनको जन्म भारतको इन्दौरमा २७ डिसेम्बर १९६५ मा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो । उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । जिन्दगीमा कयौं उचारचढावको सामना गरेका उनी बलिउडका सबैभन्दा विवादित नायक मानिन्छन् । उनले जेल जीवन समेत विताएका छन् ।

Results : 7597 - 7602 of 24026
Most Visited News (monthly)