Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7585 - 7590 of 24026
एजेन्सी, मुम्बई, 2020-12-31, बिहिवार
सुपरहिट फिल्म ‘कभी खुशी कभी गम’ मा शाहरुख खान र ऋतिक रोशनलाई दाजु-भाईको भूमिकामा निकै रुचाइएको थियो । फिल्ममा उनीहरुको दाजु-भाईको सम्बन्धभन्दा प्रेम देखाइएको थियो । तर, धेरै कमलाई थाहा हुनसक्छ कि अर्को एक फिल्मबाट पनि ऋतिकलाई शाहरुखको भाईको भूमिका अफर भएको थियो । तर, उनले यसमा काम गर्न अस्वीकार गरेका थिए । 
फिल्मीखबर, काठमाडौं, 2020-12-31, बिहिवार

कलाकार र निर्देशकबीच सुमधुर सम्बन्ध स्थापित भएको विरलै देख्न पाइन्छ । प्रायःको सुटिङ सेटबाटै सम्बन्धमा तिक्तता आएको हुन्छ । कतिको फिल्म रिलिजको समयमा सम्बन्ध विग्रिएको पाइन्छ । यद्यपि, रंगिन दुनियाँमा दश्मनी र मित्रता दिगो हुँदैन भन्ने गरिन्छ । वर्षौदेखिको दुश्मनी मित्रतामा परिणत भएका र घनिष्ट मित्रता दुश्मनीमा बदलिएका फिल्म क्षेत्रमा धेरै उदाहरण छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-31, बिहिवार

अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले पहिलो फिल्मबाटै आफूलाई युवापुस्ताको ठूलो समुहमा चिनाएकी छन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनय करिअर सुरु गरेकी उनको यो फिल्ममा अभिनय, डाइलग डेलिभरी, एक्सप्रेसन, नृत्य र सुन्दरताको निकै प्रशंसा भएको थियो । आफ्नो शरीरमा ‘फिल्मी ब्लड’ रहेको उनले पहिलो फिल्मबाटै प्रमाणित गरेकी थिइन् । 

एजेन्सी, मुम्बई, 2020-12-30, बुधवार

कोरोना महामारीका बीच सुपरस्टार सलमान खान स्टारर फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ महंगोमा विक्री भएको छ । जी स्टूडियोजले सेटेलाइट, थिएट्रिकल, डिजिटल र म्यूजिक राइट्स २ सय ३० करोडमा खरिद गरेको छ । कोभिडको समयमा यति महंगोमा विक्री भएको यो पहिलो फिल्म हो । योसँगै फिल्मको लगानी पनि सुरक्षित भएको भारतीय मिडियाले बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-30, बुधवार

फिल्म ‘स्वर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रीमा विश्वकर्मा पछिल्लो समय अभिनयभन्दा उद्घोषणमा बढी जमेकी छिन् । ‘नेपाल आइडल’ को दुई सिरिजमा उदघोषकको रुपमा काम गरेपछि दर्शकको ठूलो वर्गमा चिनिएकी उनी अहिले आफ्नै समुहले निर्माण गरेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा आबद्ध छिन् । यसमा पनि उनी उद्घोषककै जिम्मेवारीमा छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-30, बुधवार

अभिनेता मुकेश ढकाललाई कुनै समय ‘नेपाली सिरियल किसर’ भन्ने गरिन्थ्यो । फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ र निगरानी’ मा अभिनेत्री अरुणीमा लम्सालसँग लामो किस सिन दिएपछि नेपाली इमरान हाशमीको समेत ट्याग पाएका उनले फिल्म ‘हाम्रो माया जुनी जुनीलाई’ मा नीता ढुंगाना, ‘प्लान’ मा रागिनी खड्गी, अनुष्का ढकाल, अनिता दाहालसँग पनि किस सिन दिएका छन् ।

Results : 7585 - 7590 of 24026
Most Visited News (monthly)