
सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न गत वर्षको चैत पहिलो साता लकडाउन घोषणा गरेपछि देशका हरेक क्षेत्र बन्द भए । सिनेमा हल भने लकडाउनभन्दा अगावैदेखि बन्द भएको थियो । दशैंअघिदेखि भीडभाड हुने प्रायः सबै क्षेत्र खुल्ला भइसकेका छन् । तर, सरकारले सिनेमा हल खोल्न अझै अनुमति दिएको छैन । फिल्म छायांकन भने मंसिर अन्तिमबाट खुल्ला भएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ यूट्युबमा सार्वजनिक भएको छ । गएको दुई वर्ष अगाडि सिनेमा हलमा प्रदर्शन भएको फिल्म दशैंअघि ओटीटी प्लेटफर्म ‘चलचित्र एप’ मा राखिएको थियो । यसबाट फिल्म पाइरेसी भएपछि डिजिटल राइट्स लिएको हाइलाइट्स नेपालले बुधवार साँझ यूट्युबमा ‘छक्का पञ्जा ३’ सार्वजनिक गरेको हो ।

साउथको सुपरहिट फिल्म ‘डियर कमरेड’ मा काम गरेपछि चर्चामा आएकी अभिनेत्री रश्मिका मन्दनाले बलिउडमा डेब्यू गर्ने भएकी छन् । फिल्म ‘मिसन मज्नु’ मा उनी अभिनेता सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिन लागेकी हुन् । बुधवार यो फिल्मको पोस्टर सार्वजनिक गरिएको छ । भारतको सबैभन्दा महत्वाकांक्षी गुप्त अभियानमा आधारित भएर फिल्म निर्माण हुन लागेको हो ।

कोरोनाका कारण सिनेमा हल बन्द हुँदा दर्शकले नयाँ फिल्म हेर्न पाएका छैनन् । यही शुक्रवारबाट हल व्यवसायीहरुले १० महिनादेखि बन्द रहेको सिनेमा हल खोल्ने घोषणा गरे पनि तत्काल नयाँ फिल्म प्रदर्शन हुने सम्भावना न्यून छ । सिनेमा हलमै गएर फिल्म हेर्ने बानी बसेका दर्शकले लकडाउनको समयमा हलमा प्रदर्शन भएका फिल्म यूट्युबमा हेरेर चित्त बुझाउनु परेको छ ।

सरकारले चैतमा लकडाउन घोषणा गरेपछि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन अनिश्चितकालका लागि रोकियो । ८ महिनासम्म फिल्म छायांकन खुल्ला नभएपछि निर्माण टिमले बाध्य भएर सरकारको निर्णयलाई चुनौती दिँदै यस वर्षको दशैंदेखि फिल्मको छायांकन सुरु गरेको थियो । मंसिर दोस्रो सातासम्म चलेको फिल्मको छायांकन दुई महिनाका लागि स्थगित गरिएको छ ।

‘बरेली की बर्फी र बधाई हो’ को सफलतापछि जंगली पिक्चर्सले अब भर्सटायल अभिनेता आयुष्मान खुरानासँग फिल्म ‘डक्टर जी’ निर्माण गर्ने भएको छ । यो फिल्मको बारेमा आयुष्मानले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । उनले फिल्मको स्क्रिप्ट निकै यूनिक र इनोभेटिभ रहेको बताएका छन् । यसले दर्शकलाई हँसाउनुका साथै सोच्न बाध्य बनाउने उनको भनाई छ ।

