Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 7591 - 7596 of 24026
फिल्मीखबर, काठमाडौं, 2020-12-30, बुधवार

अभिनेता निखिल उप्रेतीको परिचय फिल्म क्षेत्रमा ‘एक्सन नायक’ को रुपमा छ । बलिउडमा लामो समय ‘स्टन्ट म्यान’ को रुपमा काम गरेपछि फिल्म ‘पिँजडा’ बाट अभिनय करिअर सुरु गरेका उनले एक समय नेपाली फिल्म क्षेत्रमा आफ्नो बलियो दबदबा कायम गरेका थिए । फिल्म चल्न उनको नाम नै काफी मानिन्थ्यो । तर, पछिल्लो समय उनी अभिनयमा केही सुस्ताएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-12-29, मंगलवार

केही बर्षदेखि अमेरिका बस्दै आएका अभिनेता जिवन लुईटेलले आफूले आफूलाई नै 'गद्दार' मानेका छन्। जीवनले कविता मार्फत देश छोड्ने एक 'गद्दार'को रुपमा आफूलाई स्विकार गरेका छन्। 

फिल्मीखबर, काठमाण्डौ, 2020-12-29, मंगलवार

साउथ फिल्मका सुपरस्टार रजनीकान्त डिसेम्बर ३१ मा नयाँ पार्टी घोषणा गर्ने तयारीमा थिए । तर, तमिलनाडुमा हुन लागेको विधान सभा चुनावभन्दा अगाडि उनले ठूलो घोषणा गरेका छन् । मंगलवार ट्विटरमा प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूले राजनीतिक पार्टी घोषणा नगर्ने जानकारी दिएका छन् । यद्यपि, तमिलनाडुका मानिसका लागि आफूले काम गरिरहने बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2020-12-29, मंगलवार

नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त भएकी छिन् । आफूले अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला अगाडि बढाएको र नयाँ क्षेत्रमा सफल हुनेमा उनी विश्वस्त छिन् । तर, अभिनय र व्यापारलाई एकसाथ लैजान सहज नभएको उनको भनाई छ । स्किन सिटीमा आफ्नो केही शेयर रहेको उनले बताएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2020-12-29, मंगलवार

सविन अधिकारीको निर्देशनमा फिल्म ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको फिल्मले भगवान र मानिसबीचको फरक देखाउनेछ । माघ २ गतेबाट छायांकन सुरु हुने फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक अधिकारी स्वयंले तयार पारेका हुन् । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले फिल्मको निर्माण गर्नेछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-12-29, मंगलवार

फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उपासना सिंह ठकुरीले करीब एक वर्षपछि नयाँ फिल्ममा काम गर्दैछिन् । गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ पछि उनले एक वर्ष अध्ययनलाई समय दिने बताएकी थिइन् । यो समयमा पनि उनलाई फिल्मको अफर भने टुटेन । लकडाउनमा मात्र ८/९ वटा फिल्मबाट अफर आएको उनको भनाई छ ।

Results : 7591 - 7596 of 24026
Most Visited News (monthly)