मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

फूटबल खेल्न खोज्दा यस्तो पीडा (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/12

फूटबल खेल्ने किशोरहरुको विश्वकप पुग्ने सपनालाई कथामा बुनेर निर्माण गरिएको मौलिक नेपाली फिल्म ‘वर्ल्डकप इन नेपाल’को नयाँ गीत सार्वजनिक भएको छ । गीतमा अभिभावकको परम्परागत सोच र शैलीबाट कुन्ठित बालकको पीडादायी भावना देखाईएको छ ।

 

चलचित्र विकास वोर्डले बिशेष फिल्मको रुपमा पुरस्कृत गरेको रामशरण पाठक निर्देशित ‘वर्ल्डकप इन नेपाल’ बैशाख १९ मा रिलिज हुँदैछ ।  गाउँले स्कूले बच्चाहरुको फुटबल खेलेर देशको नाम राख्ने सपना र त्यस भित्रका पारिवारिक बन्धनहरुलाई निर्देशक पाठकले कथानक बनाएका हुन् । फिल्मका निर्माता प्रकाश थापा हुन् ।

 

जुगल डंगोलको संगीत रहेको यस फिल्ममा सोनु केसी, शर्मिला शर्मा, संगम राई, कुलचन्द्र पुरी, भिम प्रसाद मैनाली, गिरी प्रसाद पुन, गोपाल अर्याल, सुजन तामाङ्, उमेश थापा लगाएत एन्फा अण्डर १९ का खेलाडीहरुको अभिनय रहेको छ ।