Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अर्चनाको जिकज्याक जवानीमा पौडिने को-को ? (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/04/12

अर्चना देलाल अभिनेत्रीको रूपमा भन्दा पनि आईटम डान्सरको रूपमा चिनिने भएकी छिन् । पहिलो पटक 'ढुवानी' फिल्ममा आईटम डान्स गरेर अनस्क्रिनमा देखिएकी अर्चना पछिल्लो पटक पनि आईटम डान्सर भएरै देखिएकी छिन् ।

 

'ढुवानी' फिल्ममा आफ्नो जवानी छल्काएकी अर्चनाले बैशाख २६ गते रिलिज हुन लागेको फिल्म 'दमदार'मा आफ्नो जवानी जिकज्याकमा पौडिनेहरू धेरै रहेको बताएकी छिन् । कमलकृष्णको शब्द तथा संगीत र मनिषा पोखरेलको स्वर रहेको प्रस्तुत सार्वजनिक आईटम गीतमा रोशन श्रेष्ठले अर्चनाको जवानीलाई जिकज्याक बनाईदिएका छन् ।

 

सुमन बिष्टको लगानीमा कमलकृष्णको निर्देशन रहेको 'दमदार'मा रेखा थापा, सबिन श्रेष्ठ, बासु पुडाशैनी, कमलकृष्णलगायतको अभिनय छ । काठमाण्डौ सहित झापा र सिलुगुडीमा छायाँकन भएको यो फिल्ममा चन्द्र पन्तको द्धन्दनिर्देशन, नवराज शर्माको लेखन, सौरभ लामाको छायाँकन तथा श्रीराम महतको सम्पादन रहेको छ ।