मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नृत्यकार संघले पनि अवार्ड गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/04/11

नेपाल चलचित्र नृत्यकार संघले पनि फिल्म अवार्ड गर्ने भएको छ । ०७० सालभर प्रदर्शनमा आएका फिल्महरूलाई समेटेर अगामी असार ६ गते बिभिन १९ बिधामा अवार्ड वितरण गर्ने पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।

 

 

 

नवनिर्वाचित चलचित्र पत्रकार संघका पदाधिकारीहरूलाई सम्मान गर्न तथा अवार्डको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनले पहिलो पटक अवार्ड गर्न लागेकाले सबैको सहयोगको अपेक्षा राखेको बताए । नृत्यकार खासै सम्मान गर्ने परम्परा नरहेको दुखेसो पोख्दै पाख्रिनले नृत्यकारको सम्मान र फिल्म क्षेत्रको विकासका लागि अवार्ड गर्न लागेको बताए ।

 

 

 

 

'नेपाल चलचित्र नृत्यकार सिने अवार्ड' नाम दिएको अवार्ड कार्यक्रममा एक-एक जना नृत्यनिर्देशक, पत्रकार र फिल्म हललाई पनि सम्मान गरिने संघका अध्यक्ष पाख्रिनले जानकारी गराए । आजको कार्यक्रममा भने तीन बरिष्ठ नृत्यनिर्देशक बसन्त कुमार श्रेष्ठ, राजु शाह र कमल राईलाई नृत्यकार संघले सम्मान गर्‍यो । फिल्म क्षेत्रमा अतुलनिय योगदान पुर्‍याएवापत सम्मान गरिएको अध्यक्ष पाख्रिनले बताए ।