मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजन कठेतको `स्क्रिप्ट`लाई २ लाख २५ हजार

फिल्मीखबर, काठमाण्डौ, 2014/04/11

नेपाली फिल्मको लागि आयोजना भएको स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करणको नतिजा सार्वजनिक भएको छ । न्यू नेपाली सिनेमाको आयोजनामा जुन २०१३ बाट सुरु भएको स्क्रिप्ट लेखन प्रतियोगितामा काठमाडौं निवासी राजन कठेतको 'चाल' नामक स्क्रिप्टले प्रथम स्थान हाँसिल गरेको छ ।

 

राजनले १२१ वोटा कथाहरु पछी पार्दै २ लाख २५ हजार रूपैयाँ पुरस्कार स्वरुप हात पारेका छन् । यस प्रतियोगितामा १२१ जना लेखकहरु सहभागी भएका थिए, जसबाट जुरीहरुले २० कथालाई दोस्रो चरणका लागि छनोट गरेका थिए । ति २० कथामा स्क्रिप्ट लेख्नको लागि ३ महिनाको समय तिकिएको थियो । उक्त समयमा जम्मा ८ वोटा स्क्रिप्टहरु मात्र सहभागी भएका थिए ।

 

पहिलो स्थान पाएको स्क्रिप्टमा अष्ट्रेलियाको आल्प इन्टरटेन्मेन्टले फिल्म निर्माण गर्ने घोषणा गरेको छ । जुरी मध्येका एक अर्जुन सुबेदी राजनको स्क्रिप्टले नेपालको ग्रामीण भेगको मिठो कथा भन्ने भएकाले 'चाल' बिशेष फिल्म बन्ने विश्वाश ब्यक्त गरे । यस फिल्मको निर्देशनका लागि नयाँ युवानिर्देशकलाई जिम्मा दिइने प्रतियोगिताका सञ्चालक मनोज अधिकारीले बताए ।