मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`सृजनाका लागि अर्न्तक्रिया जरूरी` : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2014/04/11

छायाँकारको साथमा अन्य फिल्मकर्मीहरूलाई प्राविधिक ज्ञान दिलाउने अभिप्रायले चलचित्र निर्देशक समाजले बिहीबारदेखि ‘वर्कशप अन डिजिटल फिल्मीङ’ नामक डिजिटल फिल्म खिचाइसम्बन्धी पाँचदिने कार्यशाला सुरु गरेको छ । चलचित्र विकास बोर्डको हलमा प्रमुख अतिथी बनेका अभिनेता राजेश हमालले क्ल्याप हानेर कार्यशालाको उदघाटन गरे ।

 

राजधानीमा उद्घाटन भए पनि कार्यशाला पर्यटकीय नगरी पोखरामा चल्नेछ । चार दर्जन सहभागी सम्मिलित कार्यशालामा हलिउडका दुई प्राविधिज्ञ जेम्स इभान एगर्टन र जस्टिन डी ओ निल सहभागी फिल्मकर्मीलाई डिजिटल फिल्मको बारेमा प्रशिक्षण दिनेछन् । बैशाख १ सम्म चल्ने यो कार्यशालामा ५० भन्दा बढी फिल्मकर्मी सहभागी छन् । तर समाजका अध्यक्ष दिनेश डिसीले मनोमानी ढंगबाट कार्यशाला गरेको भन्दै निर्देशक समाजका कार्यसमिती सदस्यहरूबाट नै असन्तुष्टी देखिएको छ ।
 

कार्यशाला बारे असन्तुष्टी आएपनि प्रमुख अतिथी बनेका अभिनेता हमालले यस किसिमको कार्यशालाले सृजना प्रस्फुटन गर्न मद्धत पुर्‍याउने बताए । उनले बिदेशबाट प्रशिक्षक ल्याइहाल्न नपर्ने धारणा राख्दै भने, 'हामी आफ्नै देशका विज्ञहरूबाट पनि धेरै कुरा सिक्न सक्छौं । सिक्ने कुरामा भने हामी पछि हट्न हुँदैन ।' हमालले प्रशिक्षकहरूलाई नेपालको सिमित स्रोत र साधनमा उच्च स्तरको ज्ञान दिन आग्रह गरे । अमेरिकाबाट आएका प्रशिक्षकद्धयले आफूले जानेसम्म र बुझेसम्मको ज्ञान नेपाली फिल्मकर्मीलाई बाँड्ने बताए ।