मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

बिग मुभिजमा `नाइ नभन्नु ल २` प्रिमियर : मर्निङ शोमा खचाखच दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2014/04/11

आज शुक्रबारबाट नेपालभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'नाईं नभन्नु ल २'को बिहिबार साँझ सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर सम्पन्न भयो । सञ्चारकर्मी, फिल्म निर्माण युनिट र केहि सिमित फिल्मकर्मीमाझ फिल्मको प्रिमियर गरिएको हो ।


बालप्रेमको कथालाई उठाईएको पारिवारिक फिल्मलाई अधिकांश दर्शकले रूचाए । बिशेषगरी महिला दर्शकको आँखाबाट आँशु झरिरहेको प्रत्यक्ष देख्न पाईयो । फिल्म हेरेपश्चात हलबाट बाहिरिंदै गरेका दर्शकले फिल्मको कथाबस्तु, गीतसंगीत र कलाकारको अभिनय मन परेको प्रतिक्रिया दिए । बिशेषगरी बालकलाकार अनुभव रेग्मी र सुज्ञानी भट्टराई र अभिनेत्री प्रियंका कार्कीको अभिनयको प्रशंशा ज्यादै सुनियो ।

 

दर्शकको प्रतिक्रियाले उत्साहित बनेका निर्देशक विकास आचार्यले आजको मर्निङ शोबाट झनै उत्साहित देखिएका छन् । चावहिलको गोपीकृष्ण हलमा भेटिएका निर्देशक आचार्यले दर्शकको उपस्थिती र हल भित्रको हुटिङले आफूले सफलताको बाटो देखेको बताए । फिल्म हेर्न नपाएर आक्रोशित बनेका दर्शकप्रति पनि उनी खुसी देखिए । 'यहि आक्रोशले फिल्मलाई सफल बनाउँछ,' हलको माथिल्लो तलामा बसेर आक्रोशित दर्शक हेरिरहेका आचार्यले भने ।

 

निर्देशक आचार्यकै लेखन रहेको 'नाईं नभन्नु ल २'मा सुरज सिंह ठकुरी, सरोज खनाल, जीवन लुईटेल, सिताराम कट्टेल 'धुर्मुस', निर्दोश केसी, बर्षा सिवाकोटीको पनि मुख्य अभिनय छ । बसन्त सापकोटा र सुरेश गैरेको संगीत रहेको यो फिल्मको आजै अष्ट्रेलियामा प्रिमियर गरिंदै छ ।