मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`ठग हैन` भन्दै दिनेशले गरे `दानब`को घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2014/04/11

बेल्जियम लैजान्छु भन्दै करोडौंको ठगी भनी लगाइएको आरोपप्रति कलाकार दिनेश शर्माले खण्डन गरेका छन् । चैत २७ गते रिपोटर्स क्लबमा प्रेसमिट गर्दै उक्त आरोपको दिनेशले खण्डन गरेका हुन् ।

 

प्रेसमिटमा कलाकार शर्माले कान्तिपुर दैनिकमा प्रकाशन भएजस्तो ठगीमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट्याए । करिब दुई दशकदेखि कलाकारिता क्षेत्रमा संलग्न शर्माले भने, ‘यदि मैले ठगी गरेको भए म आज यहाँ हुदैनथें होला । म ठग हैन ।’ उनले ठगीको आरोप लाग्नुलाई आफ्नो दिन बिग्रिएको बताए ।

 

त्यस्तै कलाकार संघबाट नक्कली परिचयपत्र बनाई ५० लाख लिएको भन्ने अरोप पनि उनले निराधार रहेको उल्लेख गरे । शर्माले भने, ‘म आफु सप्रिएर अरुलाई सप्रिउँ भन्ने मान्छे हुँ । मैले कसरी त्यस्तो गर्न सक्छु ? म इमान्दार कलाकार हुँ । यस्तो कुराले मलाई दुःखी बनाएको छ । म बाँचुञ्जेल कलाकारितामा रहि रहनेछु ।’

 

आरोपको खण्डन गर्न गरिएको प्रेसमिटमा कलाकार शर्माले आफ्नै लेखन, निर्देशन तथा निर्माण भएको फिल्म ‘दानब’ को पनि घोषणा गरे । यो फिल्ममा दिनेश स्वयम् मुख्य कलाकारको रुपमा देखिदैं छन् ।