मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 5.00/5.00)
Text size:-
+
-

राजेश र रेखाको `अकाल` आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2014/04/10

सुटिङ सकिएको झन्डै पाँच वर्षपछि निर शाह निर्देशित फिल्म ‘अकाल’को प्रदर्शन हुने छनक देखिएको छ । प्रदर्शन अधिकार लिएको मनोज राठी समुहले ‘अकाल’लाई आउँदो वैशाख ५ गते रिलिज गर्ने तयारी गरिरहेको छ ।

 

निर शाहको पहिलो कर्मसियल ‘अकाल’ फिल्मलाई सेन्सर वोर्डले ‘यु’ प्रमाणपत्र दिएको छ । फिल्ममा अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापाको मुख्य भूमिका रहेको छ । राजेश र रेखालेसँगै अभिनय गरेको यो नै अन्तिम फिल्म हो । यो फिल्मपछि राजेश र रेखा एउटै पर्दामा देखिएका छैनन् ।

 

प्रदर्शनाधिकार लिएका मनोज राठीले चैत २८ गते प्रदर्शन हुने फिल्मको होल्डओभर कायम रहेको खण्डमा भने वैशाख ५ मा ‘अकाल’लाई प्रदर्शन नगर्ने बताए । उनले भने, ‘अघिल्लो साता प्रदर्शन हुने फिल्मले हल खाली नगरेमा ‘अकाल’ वैशाख ५ मा रिलिज हुने छैन ।’ वैशाख ५ बाट सरेमा ‘अकाल’ लाई उचित मिति पारेर प्रदर्शन गर्ने मनोजले बताए ।

 

चैत २८ मा ‘नाइँ नभन्नु ल २’ र ‘मनले मनलाई छुन्छ’ गरी दुई फिल्म प्रदर्शन हुँदैछन् । बाल प्रेमकथा भन्ने ‘नाइँ नभन्नु ल २’ वर्षको प्रतिक्षित फिल्म हो ।